लागुऔषधसँगै जाली नोट, अवैध भारतीय मुद्रा र हुण्डीमा सशस्त्रको आँखा


काठमाडौं । लागुऔषधमा सक्रिय बनेको सशस्त्र प्रहरी बल जाली नोट, अवैध भारतीय मुद्रा र हुण्डीमा पनि आँखा गएको छ ।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश वाहिनीपति गणेश ठाडा मगरको सक्रियता गाँजा चरेश जस्ता लागुऔषधसँगै श्रोत नखुलेको हुण्डी कारोबार रकम, अवैध भारतिय मुद्रा र जाली नोट तस्कर नियन्त्रणमा सशस्त्रले फड्को मारेको देखिन्छ ।

लागुऔषधमा संलग्न ९० जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश मातहतका कार्यालयले अवैध मुद्रा कारोबारमा संलग्न २६ जनालाई नियन्त्रणमा लिएको छ । दुई नम्बर प्रदेशमा डीआईजी ठाडा मगर गएपछि उक्त संख्यामा अवैध मुद्रा ओसारपसारमा समातिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले अवैध मुद्रा ओसारपसारमा सप्तरीबाट २ जना, सिरहाबाट १ जना, धनुषाबाट ३ जना, महोत्तरीबाट ५ जना, सर्लाहीबाट ६ जना, रौतहटबाट ४ जना, बाराबाट १ जना र पर्साबाट ४ जना पक्राउ गरेको हो ।

सशस्त्रले प्रहरीले एक करोड ७९ लाख ७४ हजार ४ सय ९२ अवैध मुद्रा बरामद गरेको छ । त्यसमध्ये दश लाख ५४ हजार ६१ भारतीय अवैध मुद्रा रहेको छ सशस्त्र प्रहरी जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार त्यस्तै २० लाख २ हजार नक्कली नोट बरामद गरिएकोमा १५ लाख ९० हजार जाली नोट बनाउन प्रयोग हुने कागज रहेको पाइएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अवैध मुद्रा, #जाली नोट, #डीआईजी गणेश ठाडा मगर, #लागू औषध, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com