सभामुखलाई महाभियोग र मन्त्री बर्खास्त गर्ने तयारी !


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भएको छलफल सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा निकास खोज्ने सहमति भएको छ ।

एमालेले सभामुख अग्नी सापकोटालाई महाभियोग र खोप काण्डमा मुछिएका स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतलाई बर्खास्त गरेर सदन र सरकारमा उपस्थिति हुन सक्ने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ । त्यसमा देउवाले सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस महामन्त्री गगनकुमार थापाले एमालेलाई संसदमा भाग लिने वातावरण बनाउन आफूहरू तयार रहेको बताए । एमालेले सभामुख सापकोटालाई हटाए मात्र संसद सहज ढंगले उपस्थिति जनाउन सक्ने भनेकाले उनीमाथि महाभियोग लाग्न सक्ने प्रवल सम्भावना छ । त्यो विषयमा आजै बेलुका बालुवाटारमा बस्ने बैठकबाट टुंगो लाग्ने देखिन्छ ।

दुई दलबीच भइरहेको छलफलको समयमा प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई सभामुख सापकोटालाई भेट्न पठाएर त्यो संदेश दिइसकेका छन् । एमसीसीको विपक्षमा उभिने पार्टीका मन्त्रीहरू बर्खास्त गर्न एमालेले  प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ । गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा राखेर देउवाले ओलीसँग विशेष छलफल गरेका छन् । सुभाष चन्द्र नेम्वाङ र इश्वर पोखरेलका साथ देउवासँग भेटेका ओली सभामुखलाई महाभियोग र असहयोग गर्ने पार्टीका मन्त्रीहरु बर्खास्त गरे सबै कुरा मिल्ने भन्दै बैठकबाट बाहिरिएको स्रोतको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ