वैदेशिक रोजगारमा जानेको निःशुल्क पीसीआर परीक्षण


काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारलाई वीर, टेकुलगायतका ल्याबमा नि:शुल्क पीसीआर परीक्षण(टेष्ट) गरिने निर्णय भएको छ ।

शुक्रबार स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको निः शुल्क पीसीआर गर्ने व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट वैदेशिक रोजगारमा जानेको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुती दिने अभिप्रायले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयले तोकेको कागजात र मापदण्ड पूरा गरेर वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पीसीआर परीक्षण हुने भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार
ट्याग : ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, ## वीर अस्पताल, ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #निःशुल्क पीसीआर परीक्षण, #वैदेशिक रोजगार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com