‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै

स्वास्थ्यका प्राविधिक सचिव डा. पोखरेल अनुपस्थित



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राङ्गणम ‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस, २०७८ मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अभिभावकत्व र मुख्य सचिव शंकरदास बैरागी खनालको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाएको हो । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सचिव देवकुमारी गुरागाईं, प्रमुख विरोषज्ञत्रय डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी लगायतका स्वास्थ्य सेवाका अधिकांश कर्मचारीको उपस्थिति रहेको छ ।

स्वास्थ्यका प्राविधिक सचिव डा. रोशन पोखरेल भने सुगर बढेका कारण स्वास्थ्य सेवा दिवस मनाउने कार्यक्रममा उपस्थिति भएका छैनन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न ट्रेड यूनियनका पदाधिकारीहरूले समायोजन, स्वास्थ्य सेवा कै सचिव, कानून लगायतका विभिन्न कुराहरु उठाएका छन् । स्वास्थ्यमा प्रशासनको सचिव पठाएको विषयमा पनि ट्रेड युनियनका कर्मचारीहरुले प्रश्न उठाएका छन् । समायोजनमा स्वास्थ्यका कर्मचारीहरुले ‘ हेपिएको’ भन्दै उनीहरूले मुख्य सचिव बैरागीसँग गुनासो पोखेका छन् ।

स्वास्थ्यका प्राविधिक सचिव स्वास्थ्य सेवा दिवसको अवसरमा उपस्थिति नरहेको भन्दै स्वास्थ्य सेवाका कर्मचारीले खल्लो महसुस गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघका महासचिव  दीपक भट्टले स्वास्थ्य सेवाको सबैभन्दा ठूलो चाड स्वास्थ्य सेवा दिवसमा स्वास्थ्य सेवाका प्रविधिक सचिव उपस्थित नहुनु आश्चर्यको विषय भएको बताए । अस्पताल भर्ना भएको भए अलग कुरा हो तर झन्डै एक लाख कर्मचारी रहेको स्वास्थ्य सेवा कै सचिव उपस्थित नहुँदा स्वास्थ्यकर्मीको मनोबल घट्छ । यो राम्रो भएन ।’, उनले भने

सचिव डा. पोखरेल उपस्थित भएको भए राम्रो म्यासेज जाने महासचिव भट्टको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com