स्वास्थ्य सेवा दिवसमा स्वास्थ्य मन्त्रालय अन्धकार !


काठमाडौं । स्वास्थ्य सेवा दिवस, २०७८ मनाउँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्धकार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राङ्गणमा स्वास्थ्य सेवा दिवस मनाउँदै गर्दा स्वास्थ्य मन्त्रालयभित्र विजुली गएर अन्धकार भएको हो । स्वास्थ्य मन्त्रालयमा बेला बेला विजुलीको करेन्ट जाने गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाहिर मुलुकको प्रशासनिक नेतृत्व गरेका मुख्य सचिव शंकरदास बैरागीको उपस्थितिमा स्वास्थ्य सेवा दिवस मनाउँदै गर्दा मन्त्रालयभित्र लोड सेडिङ भएको हो ।

‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो पतिवद्धता’ भन्दै मनाइएको स्वास्थ्य सेवा दिवसकै अवसरमा स्वास्थ्य मन्त्रालय अन्धकार भएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com