इजाजत नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत नलिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने  चेतावनी दिएको छ ।

इजाजत नलिई स्वास्थ्य संस्था सञ्चालन गर्न नपाउने स्मरण गराउँदै इजाजत लिएर मात्र सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले लेखेको पत्रमा जनस्वास्थ्य नियमावली२०७७ को नियम १२ अनुसार कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण सोही नियमावलीको परिच्छेद-४ तथा अनुसूची-९ बमोजिमका निकायहरुमा सम्पर्क गर्नुहुन साथै यस सम्बन्धमा अन्यथा भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ भन्ने उल्लेख छ ।

कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतप् नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराएको भनी विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएको सम्बन्धमा समेत ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य संस्था सञ्चलान सम्बन्धमा पत्र लेख्दै उक्त कुरा उल्लेख गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com