गगनले एमसीसीमा पेट दु:खेको भनेपछि भीम रावल रातोपिरो 


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सदनमा एमसीसी कम्प्याक्ट प्रस्ताव गर्दा भीम रावलको पेट दु:खेको भनेपछि उनी रातोपिरो बन्नु पर्ने अवस्था आएको छ ।

एमसीसीमा हस्ताक्षर गर्ने नेताहरू गद्धार हुन भन्ने भीम रावलको कुराको जवाफ दिँदै कांग्रेस महामन्त्री थापाले २०७३ साल ३ महिना(असार) ३१ गते माननीय भीम रावल उपप्रधानमन्त्री हुनुभएको क्याबिनेटले एमसीसीबाट १ अर्ब १३ करोड लिने प्रस्ताव पारित गरेको भनेपछि रावल रातोपिरो भएका हुन् । त्यो दिन माननीयज्यूको पेट दुःखेको थियो भनेर प्रश्न गरेपछि एमाले नेता रावलको अनुहार रातोपिरो भएको हो । एमसीसीबाट पैसा लिने क्याबिनेटमा भीम रावल उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको भूमिकामा रहेका थिए ।

एमसीसीको विषयमा निर्णय हुँदा क्याबिनेटमा रहेका पूर्व स्वास्थ्यमन्त्री थापाले पूर्व रक्षामन्त्री रावललाई सडकमा बहस गर्ने की संसदमा, अछाममा बहस गर्ने की काठमाडौंमा स्वीकार्य छ भनेर चुनौती समेत दिएका छन् । ‘सम्झौताको कारणले स्वाधिनता तलमाथि भए र राष्ट्रघात भए धानकोट कटाइयोस्, नागरिकता खोसियोस, चार पाटा मुडियोस, सम्पत्ति विवरण बुझाएको सम्पत्ति विवरण खोजियोस माननीयज्यूहरू तयार हो’, थापाले एमसीसीको विषयमा सदनमा बोल्दै भनेका छन् ।

५ वर्षभित्र सेना आएन, अमेरिकाको कानून लागू भएन, सम्पत्ति अरुको भएन भने बहस गर्न तयार हो भनेर थापाले रावललाई अर्को चुनौती दिएका हुन् । उनले घुमाउरो पाराले रावललाई नक्कली राष्ट्रवादीको पगरी गुथी दिएका छन् ।

सदनमा थापा बोल्दै गर्दा रावलको अनुहार हेर्न लायक थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिका, #उपप्रधानमन्त्री, #एमसीसी, #एमाले, #कांग्रेस, #गगन थापा, #नक्कली राष्ट्रवाद, #पूर्व स्वास्थ्यमन्त्री, #भीम रावल, #सेना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com