‘एनएचआरसी’ र प्रेस काउन्सिलबीच सहकार्यका लागि छलफल 


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र प्रेस काउन्सिल नेपालबीच अनुसन्धानका क्षेत्रमा आपसी सहकार्य र सहयोग गर्नेबारे छलफल भएको छ । प्रेस काउन्सिलमा सोमबार एक कार्यक्रमकाबीच भएको दुई पक्षीय भेटघाटमा आपसी सहयोग र सहकार्य हुनेबारे छलफल भएको हो ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवं आचारसंहिताका विषयमा स्वास्थ्यसहित विभिन्न विद्यामा कलम चलाइरहेका पत्रकारहरूलाई तालिम दिने, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता र व्यावसायिक दक्षता अभिवृद्धिलगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको परिषद्ले जनाएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउनुभन्दा गल्ती हुनै नदिने वातावरण बनाउन पत्रकारको लागि पत्रकार आचारसंहिता बनाइएको बताए । आचारसंहिता उल्लङ्घनका उजुरीमा द्रुत गतिबाट कारबाही हुँदै आएको उनको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य-सचिव डा. प्रदीप ज्ञवालीले पेसालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर तालिम प्रदान गर्न सकिने बताए । उनले परिषद् काउन्सिलसँग मिलेर पत्रकारहरुको क्षमता अभिवृद्धिमा अनुसन्धानमुलक काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा काउन्सिलका तर्फबाट सदस्य गोपाल बुढाथोकी, दीपक पाण्डे र ठाकुरप्रसाद बेलबासेको उपस्थिति रहेको थियो । यता स्वास्थ्य अनुसन्धान परिषद्का तर्फबाट डा. युवराज खरेल, डा. सुमन पन्त लगायतको सहभागीता रहेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #आचारसंहिता, #एनएचआरसी, #डा. प्रदीप ज्ञवाली, #प्रेस काउन्सिल, #बालकृष्ण बस्नेत, #सहकार्य, #स्वास्थ पत्रकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com