९ अर्बले बढ्यो ०७९/८० मा स्वास्थ्यको बजेट सीमा, कुन शीर्षकमा कति ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी वर्षको अर्थिक बजेट ९ अर्बले बढ्ने भएको छ । राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ९ अर्ब बढाएर बजेट बनाउन सीमा तोकेको छ । ०७८/७९ मा अयोगले ६५ अर्बको बजेट सीमा तोकेको थियो । तर, कोरोना महामारीका कारण बजेट आउँदा सरकारले बढाएर १ खर्ब ७ करोड पुर्‍याएको थियो ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा मध्यकालीन खर्च संरचना ९ अर्बले बढ्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बताए अनुसार ७९/८० मा ७४ अर्ब ३ करोड ५ लाखको सीमा तोकेको छ । २०८०/८१ पछि भनेर आयोगले स्वास्थ्यको बजेट सीमा घटाएको छ । ०८० मा ५८ अर्ब २४ करोड ९१ लाखको सीमा तोकेको छ ।

यता २०८१ /८२ मा स्वास्थ्यको बजेट ५९ अर्ब ६१ करोड १२ लाख तय गरिएको छ । आयोगले आगामी तीन वर्षका लागि सीमा तय गरिएको हो । राष्ट्रिय योजना आयोगबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार चार शीर्षकमा भने स्रोत सुनिश्चित गरेर पठाएको छ ।

स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा १२ अर्ब ८० करोड ५ लाख, एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममा १२ अर्ब ८२ करोड ६५ लाख, कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रममा २० अर्ब १६ लाख र स्वास्थ्य बीमा बोर्डमा ७ अर्ब ५० करोड बजेट सीमाभित्र स्रोत सुनिश्चित गर्नुपर्ने छ । अन्य बाँकी बजेटको हकमा भने मन्त्रालयले आवश्यकता अनुसार सीमा तोक्नुपर्ने छ ।

अघिल्लो वर्ष ६५ अर्वको सिलिङ दिएपनि कोभिडका कारण बजेट आउँदा बढेर १ खर्ब ७ करोड पुगेको थियो । कोरोनाको शिर्षकमा भने अहिले पनि सरकारले फिक्स २० अर्ब राखेको छ । बजेट आउँने अवस्था सम्म महामारीको अवस्था हेरेर बढ्न पनि सक्ने अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय योजना आयोगले उक्त सीमाभित्र रही मार्गदर्शन बमोजिम मध्यकालीन खर्च संरचना एवंम बजेट तथा कार्यक्रम तयार गरी २०७८ फागुन मसान्तभित्र पठाउन अनुरोध गरेको छ । आयोगले बजेटको माग वर्षैभरि भइरहने र विनियोजित बजेट बाँडफाड मुताबिक खर्च नहुने अवस्थाबाट गुज्रिरहेकाले अहिले सीमा बनाउँदा खर्च हुने र गर्न सकिने क्रियाकलापमा मात्रै बजेटको निमार्ण गर्न भनेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक वर्ष, #कोरोना, #खोप, #बजेट, #बजेट शीर्षक, #बजेटको सिलिङ, #बीमा बोर्ड, #राष्ट्रिय योजना आयोग, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com