नयाँ बजारको फार्मेसी लुट्ने ८ जना लुटेरा प्रहरीको फन्दामा


काठमाडौं । काठमाडौंको नयाँबजारस्थित समृद्ध फार्मेसीमा लुटपाट गर्ने ८ जना लुटेरा महानगरीय अपराध महाशाखाको फन्दामा परेका छन् । गत फागुन १२ गते समयमा का.जि.का.म.न.पा. वडा नं १६ नँयाबजारस्थित समृद्ध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई आफूहरु प्रहरी हो भन्दै लुटपाट गर्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरी प्रहरी अपराध महाशाखाकाअनुसार देवीप्रसाद धिताल शंकर रेग्मी, हिक्मत महतालगायत ८ जना लुटेरा पक्राउ परेका हुन् ।

‘नँयाबजार स्थित समृद्ध फार्मेसीका संचालक राजेन्द्र साँकीलाई हामी प्रहरी हौं, तपाईँको पसलमा अबैध औषधी बिक्रीबितरण गर्ने गरेको रहेछ भन्ने सुचना आएकाले हामी खानतलासी गर्न आएका हौं भनि पसल संचालकलाई नियन्त्रणमा लिई लुटपाट गरेको पाइएको छ ।’, महानगरीय अपराध महाशाखाले भनेको छ ।

फार्मेसी पसलको काउन्टरमा भएको नगद, साथमा रहेको सामसुङ मोबाइल थान १, साथमा लगाएको घडी थान १, पसल संचालकको ग्लोबल आइएमई बैंकको खाताबाट ई-सेवामा पठाएको नगद १० हजार रुपैयाँ कुमारी बैंक लि. को खाताबाट ई-सेवामा पठाएको नगद १७ सय रुपैयाँ लुटेर उक्त लुटेर समूहले लगेको महाशाखाले खुलाएको छ । त्यस्तै  स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. को खातामा रहेको नगद रू. ३५००।– समेत गरी जम्मा रु.६५,०००।- जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका निम्न मानिसहरुलाई जबर्जस्ती चोरी गरि लगेका सामान सहित पक्राउ गरिएको ।

पक्राउ व्यक्ति:-

१) नाम:– देबि प्रसाद धिताल

उमेर :– २६ बर्ष

ठेगाना:– जिल्ला जुम्ला गुठीचौर गा.पा.वडा न ५

हालको ठेगाना:- का.जि.एयरपोर्ट

 

२) नाम:- शंकर रेग्मी

उमेर :- ३० बर्ष

ठेगाना :- जिल्ला धादिङ धुनेबेशि न.पा. वडा न ३

हालको ठेगाना :- का.जि. स्वयम्भु

 

३) नाम:- हिक्मत महता

उमेर :- २८ बर्ष

ठेगाना :- जिल्ला डडेल्धुरा महाकाली न.पा.वडा न २

हालको ठेगाना :- का.जि.सानोभर्याङ

 

४) नाम:– सुबाष रतोकी

उमेर :– २७ बर्ष

ठेगाना:– जिल्ला कन्चनपुर सुक्लाफाँटा न.पा. वडा न ४ झलारी

हालको ठेगाना:- का.जि. चक्रपथ

 

५) नाम:- मिलन बोहरा

उमेर :- ३४ बर्ष

ठेगाना :- जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.वडा नं.२ झलारी

हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

 

६) नाम:- लिम्बु भन्ने भविन्द्र बेगा

उमेर :- ३२ बर्ष

ठेगाना :- जिल्ला पाँचथर याङ्गक गा.पा.वडा नं.८ च्याङ्थापु

हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

 

७) नाम:- जिवन भन्ने योगेन्द्र बहादुर चन्द

उमेर :- २७ बर्ष

ठेगाना :- जिल्ला दैलेख नौमुले गा.पा.वडा नं.५ सल्लेरी

हालको ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.२६ मित्रनगर

 

८) नाम:- भिटेन, संगित थापा भन्ने कमल सुनार

उमेर :- २१ बर्ष

ठेगाना :- जिल्ला प्युठान गौमुखि गा.पा. वडा नं.६

हालको ठेगाना :- का.जि. सामाखुसी

बरामद सामानहरु:-

१.मोवाईल ११ थान

२. घडी १ थान

३.नगरिता प्रमाण पत्र १ थान

४.ATM कार्ड ५ थान

५.चेक २ थान

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com