नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक कनोडिया कांग्रेस महासमिति सदस्य


काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित भएका छन् ।

मेडिकल व्यवसायबाट बिस्तारै डा. कनोडिया कांग्रेस राजनीतिमा सक्रिय हुने हिसाबले कांग्रेस महासमिति सदस्यमा उठेका थिए ।  नेपाली कांग्रेस बाँके क्षेत्र न. २ बाट महासमिति सदस्य पदमा (खुल्ला तरफ) अत्याधिक मत ल्याएर विजयी भएसँगै उनी मेडिकलभन्दा पार्टी राजनीतिमा केन्द्रीत हुने भएका हुन् ।

कांग्रेसका महासमिति सदस्यलाई निकै महत्त्व दिने गरिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उठेर धवल शम्शेर राणासँग पराजित कनोडिया फेरि सक्रिय राजनीतिमा आएका हुन् । डा. कानोडिया केन्द्रीय महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यमा निर्वाचित भएर मेडिकल व्यवसाय सँगसँगै नेपाली कांग्रेसको राजनीतिमा उदाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कांग्रेस नेता, #डा. सुरेश कनोडिया, #नेपालगन्ज मेडिकल कलेज, #महासमिति सदस्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com