सशस्त्र प्रहरीद्वारा १ सय २० केजी अवैध गाँजा बरामद


काठमाडौं । सशस्त्र प्रहरी बलले अन्दाजी १ सय २० केजी अवैध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले गएराति १० बजेतिर बाराको दबताल गाउँपालिकाको पिपरपाती पसाह खोलाको बोर्डरबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर एस्माली मगरको कमाण्डमा खटिएको टोलीले भारततर्फ तस्करी हुँदै गरेको उक्त गाँजा नियन्तणमा लिएको छ ।

टोली पुगेपछि तस्करहरु भने अवैध गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको उक्त अवैध गाँजा आवश्यक कारबाहीका लागि बी. ओ.पी. दक्षिण झिट्कैयामा लगेर राखिएको सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश हेर्ने बाहिनीको भनाइ छ ।

दुई नम्बर प्रदेशको नेतृत्वमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगर आएपछि गाँजालगायतका लागू औषध तस्कर गर्नेहरु ठूलो संख्यामा नियन्त्रणमा लिइएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अवैध गाँजा बरामद, #गाँजा तस्कर, #डीआईजी गणेश ठाडा मगर, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com