स्कूल गएका बालिका मसाज सेन्टरमा भेटिएपछि…


काठमाडौं । स्कूल जान्छु भनेर मसाज सेन्टरमा पुगेपछि प्रहरी र परिवारका सदस्यले हैरान खेप्पु परेको छ । स्कूल गएका काठमाडौंको बुढानिलकण्ठका तीन बालिका घर नआएपछि परिवार र प्रहरीले खोजी गर्दा  मसाज सेन्टरमा भेटिएका हुन् ।

घर नआएको भनेर परिवारले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसरले टोलीले खोजी गर्दा स्कूल गएर घर नआएका ती बालिकाहरु बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार स्कूल जान घरबाट निस्किएका तीन बालिका बौद्धको ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका छन् ।

बुढानिलकण्ठको स्थानीय स्कूलमा ७ कक्षामा पढ्‌दै गरेका तीनजना बालिका स्कूल नगई मसाज सेन्टरमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ती बालिकालाई आफन्तको साथमा पठाइएको प्रहरीको भनाई छ । मसाज सेन्टरमा कसरी ती बालिका पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बालिका, #बुढानिलकण्ठ, #बोद्ध, #मसाज सेन्टर, #महानगरीय प्रहरी परिसर, #स्कूल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com