स्वास्थ्य लाइभ निगरानी

स्वास्थ्य मन्त्रालयमा जसले १० बजेनै आएर काम सुरू गरे


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तल्लो तहका कर्मचारीले आइतबार १० बजेनै आएर काम सुरू गरे गरेका छन् ।

कर्मचारी प्रशासन चिकित्सा फाँट, सुशास, आन्तरिक शाखालगायत जनसंख्या महाशाखा र सो अन्तर्गतका सबै शाखाका कर्मचारी समयमै आएर काम सुरु गरेका छन् ।

स्वास्थ्य लाइभको टोली आइतबार १० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्दा जनसंख्या महाशाखाका प्रमुख सहसचिव इन्द्रमणि पोखरेलले १० बजे नै आफ्नो कार्यकक्षमा पुगेर सेवा सुरु गरेका छन् ।

आधारभूत स्वास्थ्य सेवातर्फका कर्मचारीले पनि १० बजे नै सेवा सुरु गरेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी महेशदत्त भट्ट १० वेडको आधारभूत स्वास्थ्य केन्द्रको काम लिएर आएका थिए । त्यो  शाखामा काम गर्ने विनोद कुमार अर्यालले १० बजेदेखिनै उनलाई सहजिकरण गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाकी प्रमुख डा. संगिता कौशल मिश्रा पनि आइतबार समयमै कार्यालयमा उपस्थित भएकी छिन् । उक्त महाशाखा अन्तर्गतका भीमप्रसाद सापकोटा पनि समयमै मन्त्रालय आएर काम गर्न सुरु गरेका हुन् ।

नीति, योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेल र उपसचिव प्रकाश अधिकारी पनि १० बजेदेखिनै कार्यकक्षमा बसेर काम गरिरहेका छन् ।

गुणस्तर महाशाखाका प्रमुख डा. मदन उपाध्याय पनि आज कार्यालय समयमै कार्यकक्षमा पुगेका छन् । शुक्रबार र आइतबार ढिला गरी मन्त्रालयमा उपस्थित हुने स्वास्थ्यका कर्मचारी स्वास्थ्य लाइभको फलोअपपछि आज भने समयमै मन्त्रालय आएर काम थालेका छन् ।

कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी आइतबार समयमै स्वास्थ्य मन्त्रालयमा आएर काम थालेका छन् । तर प्रमुख विशेषज्ञ र सचिव भने ११ बजेसम्म मन्त्रालयमा उपस्थित भएनन् ।

प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी र प्राविधिक स्वास्थ्य सचिव डा. रोशन पोखरेल ११ बजे पछाडि पनि मन्त्रालय आएका छैनन् । उनी गेटा मेडिकल कलेजको अनुगमनमा सुदूरपश्चिम गएकाे सचिव पोखरेलको सचिवालयले जनाएको छ ।

प्रशासन हेर्ने सचिव देवकुमारी गुरागाईं भने ११ बजे मन्त्रालयमा आएर हाजिर गरेकी छिन् । स्वास्थ्य लाइभले कामचोर प्रवृत्तिका स्वास्थ्यका कर्मचारीको विषयमा यसअघिनै समाचार सार्वजनिक गरिसकेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ##डा रोशन पोखरेल, #इन्द्रमणि पोखरेल, #कृष्ण पौडेल, #देवकुमारी गुरागाईं, #प्रवक्ता डा. संगिता मिश्रा, #प्रविधिक सचिव, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com