बिराट मेडिकल कलेजले नेपालमै पहिलो पटक राेबटीक आम भित्र्यायाे


काठमाडौं । विराट मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमा पहिलाे पटक Robotic Arm  प्रविधि भित्र्याएको छ ।

मान्छेको हात जस्तो यो रोबोटको हातको माध्यमबाट जटिल भन्दा जटिल शल्यक्रियाहरु सहज तरिकाले गर्न सकिने अस्पतालका संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

उनका अनुसार यसलाई आवाजबाट वा मेकानिकल (जोइष्टिक)दुबै तरिकाबाट शल्यचिकित्सक स्वयंले नै नियन्त्रण गर्ने वा निर्देशन दिने भएका कारण चिकित्सक स्वयंलाई सहज भै क्षमता बढाउनुका साथै शल्यक्रिया गर्दा लाग्ने समय समेत कम हुन्छ ।

वि.सं. २०५१ सालमा निजि क्षेत्रबाट स्थापना भएसगै बिराट नर्सिङ्ग होम प्रा.लि.ले समय क्रम संगै पुर्वाञ्चलकै उत्कृष्ठ सुपर स्पेसियालिटि अस्पतालको साथै प्रमुख रेफरल सेन्टरको रुपमा आफुलाई स्थापित गराउन सफल हुदै आएको छ ।

२७ बर्षको  लामो ईतिहास बोकेको यस अस्पतालले आफ्नो सेवा तथा सुविधालाई समयानुकुल विस्तार र विशिष्टिकृत गर्दै लैजाने कृममा याे सेवा सुरु गरेकाे हाे ।

यस प्रविधिबाट २० वटा शल्यक्रियाहरु गरिसकिएको छ । यसरी गरिएका शल्यक्रियाको उत्कृष्ट परिणाम समेत आएकोले अस्पतालकाे दाबी छ । कलेजले आगामी दिनमा सम्पुर्ण रोबोट प्रणाली नै ल्याउने प्रतिबद्धता जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com