राप्ती प्रतिष्ठानबाट विवादित पूर्व उपकुलपती भण्डारीको बिदाई गर्दै नवनियुक्त उपकुलपति लामिछानेले जिम्मेवारी सम्हाले


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विवादित पूर्व उपकुलपती डा. संगिता भण्डारीलाई बिदाई गर्दै नवनियुक्त उपकुलपतिले  डा. विकास लामिछानेले जिम्मेवारी सम्हालेका छन् ।

उपकुलपति भण्डारी विवादित कार्यकाल सकेर दाङबाट बिदाई भएकी छिन् । उनले भद्रगोल अवस्थामा छाडेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्हाल्ने जिम्मेवारी डा. लामिछानेको काँधमा आइपुगेको छ ।

राप्ती प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा शिक्षाध्यक्ष डा. वसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एञ्जिलिका कार्कीलगायतको सहभागिता रहेको थियो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com