यी हुन् डा. लोचन कार्कीको ‘कमाण्ड’मा भोजपुर जान लागेका चिकित्सक

प्रतिष्ठित चिकित्सक सम्मिलित यो तहको स्वास्थ्य शिविर नेपालमै पहिलोपटक


काठमाडौं । भोजपुर जिल्ला अस्पतालमा हुने दुई दिने वृहत्त स्वास्थ्य शिविरमा जाने चिकित्सकहरुको टुंगो लागेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको अगुवाईमा भोजपुर अस्पतालमा फागुन २७ र २८ गते सञ्चालन हुने स्वास्थ्य शिविरमा सेवा दिन जम्बो चिकित्सकको टोली भोजपुर प्रस्थान गर्न लागेको हो ।

नेपाल चिकित्सक संघका अधिकांश पदाधिकारी, नेपाल मेडिकल काउन्सिललगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूसहितको टोली विराटनगर हुँदै भोजपुरमा हुने दुई दिने स्वास्थ्य शिविरमा भाग लिन भोजपुर पुग्ने छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रतिष्ठित चिकित्सक सम्मिलित यो तहको स्वास्थ्य शिविर नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको संघका अध्यक्ष डा. कार्कीले स्वास्थ्य लाईभलाई जानकारी दिए ।

भोजपुर नगरपालिकाको आयोजनामा नेपाल चिकित्सक संघ, दाँवली मिलन क्लवलगायत भोजपुरसँग  सम्बन्धित विभिन्न संघ संस्थाहरुको समन्वय र सहकार्यका हुन गइरहेको स्वास्थ्य शिविरमा ख्यातीप्राप्त चिकित्सकहरु गएर सेवा प्रदान गर्न लागेका छन् । भोजपुरका जनताले यति ठूलो  गम्भीर प्रकृतिको स्वास्थ्य उपचारको अवसरबाट लाभ लिनुपर्ने संघका अध्यक्ष डा. कार्कीको भनाइ छ । यो स्वास्थ्य शिविरले भोजपुरे जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै भोजपुरमा ‘मेडिकल टुरिजम प्रमोट’ गर्न स्वास्थ्य शिविरले ठूलो भूमिका खेल्ने उनको विश्वास छ । स्वास्थ्य शिविरले भोजपुरको अन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने डा. कार्कीको धारणा छ ।

भोजपुरमा हुने स्वास्थ्य शिविरमा सहभागी हुन संघका अध्यक्ष कार्कीसहित उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्ष डा. विश्वराज दवाडी पनि जाने भएका छन्। सदस्यहरू डा. सञ्जीव तिवारी, डा. विपेश आचार्यल, बिक्रान्त ढकाल,गायत भोजपुर जाने भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला,कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र कुमार बस्नेत, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद जोशी, ओम अस्पतालका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ, नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डा. राजेश नेपाल र कोशी अस्पतालका दीपक सिग्देल योग्य खरेललगायत चिकित्सक भोजपुरमा हुने स्वास्थ्य शिवरमा सहभागी हुने भएका छन् ।

भोजपुरमा हुने स्वास्थ्य शिविरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, दाँवली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्री, सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक (आईजी) दुर्ज कुमार राई, पूर्व सचिव एवं राजदूत दुर्गा प्रसाद भट्टराई, मनोज गजुरेल, पूर्व एसएसपी शरद खत्री, लगायत पनि सहभागी हुने जनाइएको छ । त्यस्तै फ्रन्टलाइन अस्पतालका नवराज पाण्डेलगायत पनि उक्त वृहत्त स्वास्थ्य शिविरमा सहभागी हुने भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #उमेश श्रेष्ठ, #डा. लोचन कार्की, #निःशुल्क स्वास्थ्य शिविर, #भोजपुर जिल्ला अस्पताल, #राजेश नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com