अन्तर्राष्ट्रिय नारी दिवस विशेष

जसले स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड’ सम्हाले


काठमाडौं । महिला सचिव पाउनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि अग्रणी स्थानमा रहेको छ ।

स्वास्थ्य सेवा र स्वास्थ्य सेवाबाहिरबाट पनि स्वास्थ्य मन्त्रालयको कमाण्ड महिला सचिवले गरेका छन् । डा. सुधा शर्मादेखि देवकुमारी गुरागाईंसम्मले स्वास्थ्य मन्त्रालयको सचिव बनेर काम गरेका छन् । डा. किरण रेग्मी, डा. पुष्प चौधरी, यामकुमारी खतिवडा हुँदै अहिले देवकुमारीको कमाण्डमा स्वास्थ्य मन्त्रालयले रहेको छ ।

डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्चित सचिव बनेर सेवाबाट अवकाश पाएकी व्यक्ति हुन् । उनी शानदार ढंगले स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेर बाहिरिएकी हुन् । डा. शर्मा स्वास्थ्य क्षेत्रकै परिचित र स्थापित महिला हुन् ।

डा. किरण रेग्मी पनि स्वास्थ्य मन्त्रालयको सचिवको भूमिकामा बसेर काम गरेकी महिला हुन् । राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको छोरी समेत रहेकी रेग्मी स्वास्थ्यमा निर्विवाद ढंगले काम गरेर बाहिरिएकी थिइन् । चर्चित स्वास्थ्यमन्त्री गगकुमार थापासँग काम गर्ने  मौका उनलाई मिलेको थियो । अहिले पनि उनी त्यहीँस्तरको जिम्मेवारी खोजेर हिँडेकी छिन् । रेग्मीलाई एचआईभी बोर्ड ब्युँत्याएर कार्यकारी प्रमुखको भूमिकामा लाने चर्चा मेत चल्न थालेको छ ।

स्वास्थ्य सचिवको भूमिकामा रहेकी डा. पुष्पा चौधरीको कार्यकाल भने विवादरहित बन्न सकेन । विवादमा परेपछि उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको थियो । सर्वोच्च अदालतबाट मुद्दा जितेर फेरि स्वास्थ्य मन्त्रालय फिर्ता आएकी सचिव डा. चौधरी कार्यकाल बाँकी छँदै विश्व स्वास्थ्य संगठनको जागिर खान गोइन् ।

यामकुमारी खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नटेकी स्वास्थ्यमा सरुवा भएकी सचिव हुन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या हेर्ने गरी सचिव बनाइएको थियो । तर खतिवडा छोटो समयमै जनसंख्या सचिवको भूमिकाबाट हटिन् । उद्योग मन्त्रालय र महिला, बालबालिका मन्त्रालय हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव हुन आएकी खतिवडा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै सचिवको भूमिकामा छिन् ।

यामकुमारीलाई विस्थापित गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्यापित हुन् आएकी सचिव हुन् देवकुमारी गुरागाईं । उनी निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय  हुँदै पहिलोपटक मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुगेकी हुन् ।  स्वास्थ्य मन्त्रालयको प्रशासन र जनसख्या हेर्ने गरी आएकी गुरागाईं अहिले स्वास्थ्यको कमाण्डमा रहेकी छिन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. किरण रेग्मी, #डा. पुष्प चौधरी, #डा. शुधा शर्मा, #देवकुमारी गुरागाइँ, #यामकुमारी खतिवडा, #सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com