अन्तर्राष्ट्रिय नारी दिवस

राष्ट्रको सेवामा खटिदा भाइरल बनेका महिला स्वास्थ्यकर्मी


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने क्रममा ज्यानको बाजी लगाएर फिल्डमा खटिएका महिला स्वास्थ्यकर्मीहरु सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् ।

कर्तव्यनिष्ठ भएर नागरिकको सेवामा खटिँदै गर्दाको महिला स्वास्थ्यकर्मीहरुको निकै तस्बिर निकै भाइरल बन्यो ।सामाजिक सञ्जालमा खोप बोकेर ज्यान जोखिममा पारेर नागरिकको सेवामा खटिएका महिला स्वास्थ्यकर्मीहरुको तस्बिर पुरुषको तुलनामा निकै भाइरल भएको हो ।

वृद्ध महिला देवकली टन्डनलाई खोप लगाउन खोप केन्द्रसम्म बोकेर लागे गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर तीनमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीका लीला थापादेखि हिलो बाटोमा भ्याक्सिन क्यारियर लिएर हिड्ने उप स्वास्थ्य चौकी धनकुटाका कार्यरत सिनियर अहेव अन्जना तिमिल्सिनासम्मको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

पहिरोमा भ्याक्सिन क्यारियर लिएर हिड्दै गर्ने रोल्पामा कार्यरत अनमी रेनुका सुवेदी र सिनियर अहेव अन्जना तिमिल्सिना सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत प्रयोग गरेर ‘क्रेडिट’ लिने काम गर्‍यो ।

कोभिड-१९ को संक्रमणले गर्दा अस्पतालमा थेगिनसक्नु बिरामी आएपछि सेवा गर्दागर्दै थाकेर अस्पतालमै सुतेका तीनजना नर्सहरुको तस्बिर पनि सामाजिक सञ्जालमा खुब भाइरल बन्यो ।

ज्यानको बाजी लगाएर देशको सेवामा अहोरात्र खटिएका महिला स्वास्थ्यकर्मी नेपालको स्वास्थ्य सेवाका शान बन्न सफल भएका छन् ।

उनीहरूको उत्कृष्ट सेवाले खोप कार्यक्रम प्रभावकारी भएकाले कोभिड-१९ को तीव्र संक्रमण हुँदापनि धेरै नेपालीको ज्यान जोगिएको हो ।  स्वास्थ्य सेवामा महिला स्वास्थ्यकर्मीहरुको सेवा उत्कृष्ट छ भन्ने कुरा भाइरल बनेका तस्बिरबाट पनि पुष्टि हुन्छ ।

ज्यान दिएर अहोरात्र नागरिकको सेवामा समर्पित महिला स्वास्थ्यकर्मीलाई राज्यले भने उचित कदर गरेको देखिँदैन ।

आईएनजिओको सेवामा खटिएको स्वास्थ्य मन्त्रालयले देश र जनताको सेवामा समर्पित महिला स्वास्थ्यकर्मीहरुको योगदानको पनि कदर गरोस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र राज्यको उपल्लो तहमा बसेकाहरुको सद्‌बुद्धि आओस ।

 

क्याटेगोरी : समाचार
ट्याग : ##अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, ##नारि दिवस, ##भ्याक्सिन क्यारिअर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com