पर्यटनमन्त्री श्रेष्ठलाई मातृ शोक, उपचारका क्रममा नर्भिक अस्पतालमा निधन


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री  दीपेन्द्र श्रेष्ठ मातृ शोकमा परेका छन् । कांग्रेस नेता समेत रहेका श्रेष्ठको ममतामयी माता रुपादेवी श्रेष्ठको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय समाजसेवी श्रेष्ठको मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । अचारकै क्रममा उनको बुधबार निधन भएको हो । मन्त्री श्रेष्ठले आमा रुपाकै प्रेरणाबाट राजनीतिमा लागेको बताउँने गरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com