बाटोमा सेवा दिदै भोजपुर पुगे चिकित्सक


भोजपुर । शुक्रबार र शनिबार दुई दिनसम्म संचालन हुने वृहत्त स्वास्थ्य शिविर संचालन गर्न देशभरका विशेषज्ञ चिकित्सकहरुको जम्बो टोली भोजपुर पुगेको छ । बिहीबार देशका विभिन्न प्रदेशबाट भेला भएका चिकित्सकहरु विराटनगर हुँदै भोजपुर सदरमुकाम पुगेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको नेतृत्वमा जिल्ला अस्पताल भोजपुरमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर संचालन गर्न देशभरबाट ५० जना भन्दा बढी चिकित्सक भोजपुर पुगेका हुन् ।

उनीहरुले यात्राका क्रममा प्याउलीलगायत विभिन्न स्थानमा स्वास्थ्य सेवा दिंदै सदरमुकाम पुगेका हुन् । अध्यक्ष डा कार्कीको प्याउली स्थित निवासमा स्वागत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायत चिकित्सकहरुलाई आथित्यता प्रदान गरिएको छ । शिविरमा पाँच हजार बिरामीले प्रत्याक्ष रुपमा सेवा लिने अनुमान गरिएको छ ।

शिविरमा पुर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ सहित हास्यकलाकार मनोज गजुरेल, औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी, ट्रु डर्माका संचालक शुसान्त मुरारका दाँवाली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठ, फ्रन्ट लाइन अस्पतालका संचालक नवराज पाण्डे, सेन्चुरी वैंकका अध्यक्ष राजेश श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

शिविरमा कोको चिकित्सक पुगे

डा भगवान कोइराला
डा लोचन कार्की
डा रत्नमणी गजुरेल
डा भुपेन्द्र बस्नेत
डा बद्री रिजाल
डा प्रमोद जोशी
डा सुताप यादव
डा प्रशंसा थापा
डा प्रशिद्ध कणेल
डा विमल न्यौपाने
डा प्रकाश बुढाथोकी
डा रविन बस्नेत
डा विश्व दवाडी
डा विक्रान्त ढकाल
डा नन्दा कुमारी गुरुङ
डा सुमन न्यौपाने
डा राकेश साह
डा मनेन प्रसाद गोरखाली
डा प्रविन बस्नेत
डा अनिल बिक्रम कार्की
डा संजिव पौडेल
डा गुरु शरण साह
डा उमेश नेपाल
डा रोशन खतिवडा
डा पदम भुसाल
डा मनिस थापा
डा प्रत्युस श्रेष्ठ
डा सन्जुबाबु श्रेष्ठ
डा एलिस पछाई
डा अस्रु श्रेष्ठ
डा फणिन्द्र साह
डा राजेन्द्र चौधरी
डा दिपक सिक्देल
डा सुनिल रेग्मी
डा राजेश नेपाल
डा असिल घिमिरे
डा तेजेन्द्र कार्की
डा फरवाड सिलवाल
डा सुजन गौतम
डा इन्द्र नारायण यादव
डा रौनक ढकाल
डा आलोक झा
डा हिमन्त बिक्रम दाहाल
डा बिपेश आचार्य
डा पे्रशा आचार्य
डा राजन आचार्य
डा स्मारीका आचार्य
डा मनोज लाखँे

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com