भाेजपुर स्वास्थ्य शिविरमा  बिहानैदेखि भीड


भाेजपुर । आज र भाेलीसम्म संचालन हुने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुकाे एका बिहानै देखि भीड लागेकाे छ ।

भाेजपुर जिल्ला अस्पतालसंगै रहेकाे विद्याेदय माध्यामिक विद्यालयमा संचालित वृहत स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुकाे भीड लागेकाे हाे ।

अस्पतालमा जस्तै राेग अनुसारको विभिन्न विभाग छुट्याएर सेवा दिइएकाे छ । स्वास्थ्य शिविरमा भाेजपु, नगरपालिकाका मेयर कैलास आले मगर दावाँली मिलन क्लबका अध्यक्ष राेशन श्रेष्ठ, नेपाली कांग्रेस भाेजपुरका सभापति विनाेद बान्तवा, न्युराे सर्जन डा प्रत्युस श्रेष्ठ, डा रबिन बस्नेत , मिलन चन्द्र खनाल, प्रवेश लामिछाने, डा सुमन न्याैपाने बिहानै देखि सेवामा खटिएका छन् । यता विमल न्याैपानेकाे नेतृत्वमा फार्मेसी सेवा दिइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com