राज्यमन्त्रीद्वारा भाेजपुर जिल्ला अस्पतालकाे निरीक्षण: विशेषज्ञ सेवा सहित ५० वेडमा स्तराेन्नति गर्ने उद्घाेष


भाेजपुर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भाेजपुर जिल्ला अस्पतालकाे निरीक्षण गरेका छन् । शुक्रबार भाेजपुरमा संचालित स्वास्थ्य शिविरकाे उद्घाटन गर्न जाने क्रमममा राज्यमन्त्री श्रेष्ठले जिल्ला अस्पतालकाे निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले भाेजपुर जिल्ला अस्पताललाई स्वास्थ्य सेवामा पूर्वकाे हवका रुपमा स्थापित गराउनु पर्ने बताए ।

स्वास्थ्य मन्त्रालयकाे समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री श्रेष्ठले भाेजपुर अस्पताललाई विशेषज्ञ चिकित्सककाे सेवासहित ५० वेड क्षमतामा स्तराेन्नती गर्ने बताए । यसका लागि तत्कालै पहल थाल्ने उनकाे भनाइ छ ।

भाेजपुर जिल्ला अस्पतालमा ५० वेडकाे पूर्वाधार बनेकाे छ । तर, हालसम्म १५ वेडभन्दा बढी संचालनमा आएकाे छैन । पूर्वाधारकाे विस्तार बिनानै ५० वेड चल्ने भएकाले साेही अनुसारकाे जनशक्तिको व्यवस्थापन गरेर स्वास्थ्य सेवा बढाइने मन्त्री श्रेष्ठको धारणा छ ।

भाेजपुर अस्पताललाई पूर्वकै नमुना अस्पतालका रुपमा विकास र विस्तार गर्न आफू लागि परेकाे भन्दै मन्त्री श्रेष्ठले धरान र विराटनगर बिरामी पठाउने अवस्था अन्य गर्न लागिपर्ने स्पस्ट पारे ।

उनले आजदेखि दुई दिनसम्म चल्ने स्वास्थ शिविरको अनुगमन समेत गरेका छन् । अस्पतालभित्रैबाट डा. भगवान काेइराला, डा. रत्नमणि गजुरेल, डा. आनन्द श्रेष्ठ लगायतले विशेषज्ञ सेवा दिएका छन् । अस्पतालबाहिर विद्याेदय स्कुलबाट डा. भुपेन्द्र कुमार बस्नेत, डा. बद्री रिजाल, डा. प्रमाेद जाेशी, डा. अनिल बिक्रम कार्की, डा. लाेचन कार्की, डा. प्रत्युस श्रेष्ठ, डा. सन्जुबाबु श्रेष्ठ, डा. मेनाेन गाेर्खाली, डा. शिवजी पाैडेल, डा. प्रकाश बुढाथाेकी, डा. मनाेज लाखें, डा. फरेन्द्र साह, डा. दीपक सिग्देललगायत ५० जना भन्दा बढी चिकित्सकले सेवा दिइरहेका छन् ।

मन्त्री श्रेष्ठले दुर्गममा देशका ख्यातिप्राप्त विशेषज्ञ चिकित्सककाे उपस्थितिले जनताले मात्रै सेवा नपाएर राज्यलाईनै चिकित्सकले अवसर पाए जुनसुकै स्थानमा पुगेर पनि सेवा दिन सक्छन् भन्ने सन्देश पुर्याएकाे बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com