भोजपुरमा डा. लोचन कार्कीको कमाण्डमा सञ्चालित अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं ।  भोजपुर जिल्लामा डा. लोचन कार्कीको कमाण्डमा सञ्चालित अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको सक्रियतामा संघका पदाधिकारीसहित देशभरका ५० बढी चिकित्सक सम्मिलित वृहत्त नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शुक्रबार र शनिबारसम्म दुईदिन चलेको स्वास्थ्य शिविरमा करिब ४ हजारले सेवा लिएको आयोजक संस्थाहरुको दाबी छ । नेपाल चिकित्सक संघ, भोजपुर नगरपालिका र दावाँली मिलन क्लबको समन्वय सहकार्यका सञ्चालित स्वास्थ्य शिविर अहिलेसम्मकै ठूलो भएको दाबी गरिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर  ख्यातिप्राप्त चिकित्सकहरु सम्मिलित अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताए । यो सरुवात मात्र भएको बताउँदै उनले आँखा लगायत अन्य स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै जाने योजनामा नेपाल चिकित्सक संघ रहेको बताए । भोजपुर स्वास्थ्य शिविरमा सेवा लिएका बिरामीलाई थप उपचार गर्नु परे काठमाडौंमा लगेर निःशुल्क उपचार गरिदिने डा. कार्कीको भनाई छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठद्वारा उद्घाटित स्वास्थ्य शिविरमा डा. भगवान कोइराला, डा. कार्की, डा. भुपेन्द्र कुमार बस्नेत, डा. प्रमोद जोशी,  डा. आनन्दप्रसाद श्रेष्ठ, डा. दीपक सिग्देल, योग्य खरेल, डा. फरेन्द्र शाह, डा. रबिन बस्नेत, डा. मनोज लाखे लगायतले सेवा दिएका थिए ।

त्यस्तै स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीसहित उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, शिवजी पौडेल, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्ष डा. विश्वराज दवाडी पनि सेवामा खटिए । सदस्यहरू डा. सञ्जीव तिवारी, डा. विपेश आचार्यल, डा हेमन्त दाहाल, बिक्रान्त ढकाललगायत पनि निकै सक्रियतापूर्वक सेवामा खटे । भोजपुर नगरपालिकाका मेयर कैलाश आले मगर, दाावाँली मिलन क्लबका अध्यक्ष राेशन श्रेष्ठ लगायतले शिविर संचालनमा समन्वय गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com