एपीएफ अस्पतालको डीआईजीमा डा. रुपक सिफारिस


काठमाडौं । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल एपीएफ अस्पतालको डीआईजीमा डा. रुपक महर्जनलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बलको प्राविधिक स्वास्थ्यतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि डा. रुपकको नाम सिफारिस गरिएको हो । एपीएफ अस्पतालका एक मात्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) रहेका उनी प्रक्रिया पूरा भएलगत्तै डीआईजीमा बढुवा हुने छ ।

बढुवा समितिले पनि स्वास्थ्यतर्फको डीआईजीमा डा. रुपकको मात्र नाम सिफारिस गरेको हो ।  उनैलाई डीआईजीमा बढुवा गर्नका लागि सशस्त्र प्रहरीको स्वास्थ्य प्राविधिकतर्फ केही दिन अघि मात्र डीआईजीको एउटा दरबन्दी थप गरिएको थियो । थप भएको एउटा दरबन्दीमा बढुवाका लागि डा. महर्जन एक मात्र दाबेदार देखिएका छन् ।

सशस्त्रको प्राविधिक समूह, स्वास्थ्यतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (घ) बमोजिम बढुवाद्वारा पदपूर्ति गर्न भएकाले उक्त सूचना जारी गरिएको थियो । उक्त सूचना अनुसार बढुवामा डा. रुपकको डीआईजीमा बढुवा सिफारिस भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन, #डीआईजी, #बढुवा सिफारिस, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com