आइओएमको सहायक डीनमा प्राडा प्रेमराज ज्ञवाली नियुक्त


काठमाडौं । त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज चिकित्सा क्याम्पसका प्राध्यापक डा प्रेमराज ज्ञवाली त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थानको सहायक डीनमा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परीषद्का अध्यक्ष तथा उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले चैत १ गतेबाट लागु हुनेगरी ज्ञवालीलाई सहायक डीनमा नियुक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय सङगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिभुवन विश्वविद्यालय कार्यकारी बैठकको ०७८ फागुन २७ गतेको निर्णय अनुसार प्राध्यापक डाक्टर ज्ञवालीलाई चैत १ देखि लागू हुने गरी सहायक डीन नियुक्त गरेको हो ।

ज्ञवाली चिकित्सा क्षेत्रमा निकै इमान्दार र काम प्रति पूर्ण बफादार रहदै आएका छन् । उनि मिर्गौला रोग बिशेषज्ञ हुन् । उनकै नेतृत्वमा ग्राण्डी अस्पतालमा १०३ वटा सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com