होली खेल्नु पहिला स्वस्थ रहन यी कुरामा ध्यान दिनुहोस्


काठमाडौं । आज रंगहरुको पर्व होली हो । आज होली पर्व काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लामा धुमधामका साथ मनाइन्छ ।

पछिल्लो समयमा रंग सँगसँगै लोला हान्ने चलन पनि बढ्दै गएको छ । माया र स्नेहको प्रतीक होली पर्व आज पहाडी जिल्ला र भोलि तराईका जिल्लामा धुमधामका साथ मनाउने गरिन्छ ।

होलीमा एक-अर्कालाई विभिन्न रंग दलेर रमाईलो गर्ने तथा शुभकामना दिने गरिन्छ । पौराणिक कथाहरूमा होलीमा रंग खेल्नुको छुट्टै र विशेष धार्मिक महत्त्व रहेको छ । तर पछिल्लो समय होलीमा विकृतिहरु पनि देखा पर्न थालेका छन् ।

होलीमा दलिने रंगमा मिसाइएको केमिकलले हाम्रो कपाल र छाला लगायतमा असर गर्ने सम्भावना उत्तिकै रहन्छ । होलीमा प्रयोग गरिने रंगमा मिसाइएको केमिकलले हाम्रो कपालको जरा र छालालाई सजिलै सडाउन सक्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।

होली खेल्नु अगाडि पहिरन लगायतमा ध्यान दिन सके रंगमा प्रयोग भएको केमिकलले हाम्रो छाला र कपाललाई हानी नोक्सनी हुनबाट जोगाउँछ ।

होली खेल्नु पहिला यी कुरामा ध्यान दिऔं

👉 उचित पहिरन

होली खेल्नु भन्दा पहिला शरीरलाई पुरा ढाक्ने कपडा लगाउनु पर्छ । शरीरलाई पूर्ण रुपमा छोप्ने लुगा लगाउँदा रंग छालामा कम मात्रामा लाग्छ र छालामा लागेको रंग हटाउन पनि सजिलो हुन्छ ।

👉कोल्ड क्रीम अथवा तेल

शरीरको जुन भाग खुल्ला हुन्छ, त्यहाँ कोल्ड क्रिम अथवा तेल लगाउनु पर्छ । यसले छालामा रंग जम्न पाउँदैन । होली खेलिसकेपछि नुहाउँदा सजिलै रंग पखालिन्छ ।

👉वाटरप्रुफ सनस्क्रीम

होली खेल्न घाममा निस्कदा वाटरप्रूफ सनस्क्रीन लगाउँदा राम्रो हुन्छ । सनस्क्रीमले छालालाई घामको किरणबाट बचाउनुका साथै छालाको भित्रि भागसम्म केमिकलयुक्त रंग पुग्न पाउँदैन ।

👉प्रयाप्त मात्रामा पानी पिउनु पर्छ

होली खेल्न जानु पूर्व प्रयाप्त मात्रामा पानी पिएर निस्कदा राम्रो हुन्छ । छालामा नरमपना राखिरहन प्रयाप्त मात्रामा पानी पिउन आवश्यक छ । सुख्खा छालामा रंगले छिटो असर गर्ने भएकाले छालालाई नरम बनाउन प्रयाप्त मात्रामा पानी पिएर होली खेल्न जाँदा उपयुक्त हुन्छ ।

👉ड्राई लिप्स

होली खेल्नु पूर्व शरीर र छाला जस्तै ओठ र कानको पनि विशेष ध्यान दिनुपर्छ । ओठ र कानमा लिप बाम अथवा भ्यास्लिन लगाएर भने होली खेल्न जाँदा ओठ र कान समेत सुरक्षित रहन्छ  ।

👉छाला पोल्ने-चिलाउने भए तुरुन्तै सफा गर्ने

होली खेल्ने क्रममा शरीरको कुनै अंगमा पोल्ने, चिलाउने गर्‍यो भने तुरुन्तै पानी हालेर सफा गर्नुपर्छ । पानीले पखाल्दा पनि ठिक भएन तत्काल छालाको डाक्टरलाई देखाउनु पर्छ ।

👉कपालमा राम्रोसँग तेल लगाउने

होली खेल्नु अगाडि कपालमा राम्रोसँग तेल लगाउँदा रंगमा भएको केमिकल कपालको जरासम्म पुग्नबाट रोकिन्छ । त्यसैले होली खेल्ने भए कपालमा रंगको केमिकल रोक्न खालका उपयोगी तेल प्रयोग गर्दा राम्रो हुन्छ ।

👉आँखामा हुने नोक्सान

होली खेल्न जानु पूर्व सनग्लास अथवा ग्लेयर्स लगाउँदा उपयुक्त हुन्छ । होलीमा प्रयोग हुने केमिकलयुक्त रंग आँखाको भित्रि भागसम्म पुग्यो भने त्यसले आँखामा असर गर्न सक्छ ।आँखामा रंग परिहाल्यो भने तुरुन्तै सफा पानीले आँखा सफा गर्नुपर्छ ।  त्यो बेला आँखा मिच्ने गल्ति गर्नु हुँदैन । यसले आँखा बिग्रिन सक्छ

👉 खानु अगाडि हात धुनु पर्छ

होली खेल्ने क्रममा केही कुरा खानु अगाडि हात धोएर मात्र खानुपर्छ । नत्र रंगमा रहेको केमिकल खानेकुराको माध्यमबाट शरीरमा प्रवेश गर्छ । त्यसले रोग निम्त्याउन सक्छ । अहिले कोरोना भाइरसको संक्रमणको अवस्था समेत रहेकाले हात सफा नगरी खानेकुरा लिँदा कोरोनाको समेत खतरा रहन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं उपत्यका, #केमिकल, #रंग, #स्वास्थ्य, #होली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com