केबलकारबाट भतेर देखिएन त …


काठमाडौं नेपालीमा एउटा उखान छ, ‘गर्ने भने हनुमान पगरी गुथ्ने ढेडु’ । राजधानीमा बसेर जनताको सेवा नगर्ने कहाँ मिठो खान र राम्रो भत्ता पाइन्छ त्यतै दौडिने कर्मचारीहरु गनिनसक्नु छन् । सम्मान पाउने, फाइदा लिने सबै तिनै कर्मचारी हुन्छन् । तर, देशमा यस्ता पनि स्वास्थ्यकर्मी छन् जो बाटो-बाटोमा स्वास्थ्य सेवा दिइरहेका छन् ।

गत फागुनको घटना हो । बाजुराको बिच्छा वडा नम्बर १ मा एकमहिला सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा जादै थिइन् । जाँदाजाँदै बिच बाटोमा व्यथाले च्यापेपछि उनी ढुंगाको पर्खालमा अडेस लागेर बसिन् । अनमी सरिता घिसिङ फिल्डमा निस्केकी थिइन् ।

फिल्डमा जाने क्रममा उनले व्यथाले छटपटाइरहेकी ती महिलालाई सेवा प्रदान गरिन् । बिरामीको सेवा गर्न एकदिन स्वास्थ्य संस्था एकदिन गाउँघर जाने घिसिङको भनाइ छ ।

‘फिल्डमा जाने क्रममा उहाँ (सुत्केरी महिला) प्रसूति गराउँन स्वास्थ्य सस्था आउँदै हुनुहुँदो रहेछ । तर, स्वास्थ्य सस्था सम्म पुग्न नपाउँदै बाटोमै डेलिभरी भएको रहेछ ।’, उनले भनिन् ‘आफूहरुले उक्त घटना देखेलगत्तै एकजना सुत्केरी गराउँन थाल्यौ भने अर्को जना औषधि र आवश्यक थप स्वास्थ्य सामग्री लिन अफिततर्फ गयौं ।’,

अफिसबाट स्वास्थ्य सामग्री ल्याएर उहाँलाई व्यथाले छटपटाइरहेकी ती महिलालाई डेलिभरी गराएको उनको भनाइ छ । । बच्चा निस्किएको तर, साल निस्कन नसकेपछी उनी ढुंगामा अडेस लागेर बसिरहेको देखिपछि घिसिङले त्यही गएर सेवा दिएकी हुन् । आफूहरुले बच्चालाई सफा कपडाले पुछेर सुरक्षित रुपमा राखेको र सुत्केरी महिलालाई समेत आरामादायी ठाउँमा राखेको घिसिङले बताइन् । ‘

हामी फेज नेपाल नामक संस्थामा कार्यारत हौंँ । यो गैरसरकारी सस्था हो । यसले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर दुर्गम जिल्लाहरुमा स्वास्थ्य सेवा पुर्याउदै आएको छ ।’, उनले भनिन् । शहरमा बिरामि माथी व्यापार गर्ने “कमर्सियल चिकित्सक/स्वास्थ्यकर्मी“ भन्दा गाउँघरमा निःस्वार्थ सेवा गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गर्नु पर्छ ।

हाम्रा गाउँघरका सुपर विशेषज्ञ चिकित्सक नै अनमीहरु हुन् । आज जती मातृ सुरक्षामा राज्यले उपलब्धि हासिल गरेको छ यसमो श्रेय यस्तै अनमीहरुमा जान्छ र जानुपर्छ ।

हुनत स्वास्थ्य मन्त्रालयका अधिकारीले यसरी गल्लीगल्लीमा पुगेर ज्यान बचाउनेहरुलाई चिन्ने हैन सुन्दा पनी सुन्दैन । यी र यस्ता कर्मचारी सम्मानजनक पुरस्कार पाउन लायक छन् । तर राज्यले त्यसमा कुनै मतलब राखेको छैन ।

यसमा राज्य नराम्रोसँग चुकेको छ । दूरदराजमा बसी स्वास्थ्य सेवा दिनुहुने सम्पुर्ण स्वास्थ्यकर्मीहरुप्रति राज्यले सम्मान गर्न नसकेपनि हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##भतेर, ##स्वास्थ्य तथा जनसंख्या

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com