मेडिकल टुरिजम प्रमोसन गर्न दुईमन्त्रीबीच छलफल


हेटौंडा ।  बागमती प्रदेशमा मेडिकल टुरिजमको प्रमोसन, विकास र विस्तार गर्न दुईमन्त्रीबीच छलफल भएको छ ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामा र संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठबीच बागमती प्रदेशमा मेडिकल टुरिजमको विकास र विस्तार गर्ने विषयमा छलफल भएको हो ।

बागमती प्रदेश मेडिकल टुरिजमको हब बन्न सक्ने भन्दै पर्यटनमन्त्री श्रेष्ठले मेडिकल टुरिजमको प्रमोसन, विकास र विस्तारमा विशेष जोड दिएका छन् । यसमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामा समेत सकारात्मक देखिएको मन्त्री श्रेष्ठको भनाइ छ । स्वास्थ्यमन्त्री लामाले स्वास्थ्य लाइभसँग कुरा गर्दै बागमती प्रदेशमा मेडिकल टुरिजमको क्षेत्रमा काम गर्न सक्ने प्रचुर सम्भावना रहेको बताए । उनले यो विषयमा आफू पनि सकरात्मक रहेको  प्रतिक्रिया दिए ।

स्वास्थ्य पर्यटनका क्षेत्रमा काम गर्न उत्साहित देखिएका पर्यटनमन्त्री श्रेष्ठले स्वास्थ्यसँग मिलेर परिणाममुखी काम गर्न खोजेका छन् । उनले यो विषयमा स्वास्थ्यमन्त्री लामासँग भेटेर कुरा राखेका छन् ।

बागमती प्रदेश मेडिकल टुरिजमका लागि उपयुक्त गन्तव्य रहेको यो क्षेत्रमा काम गर्ने विज्ञहरू बताउँछन् ।  त्यसैले बागमती प्रदेशको पर्यटनमन्त्री श्रेष्ठले यो विषयमा विशेष चासो राखेका छन् । स्वास्थ्य मन्त्री लामा पनि मेडिकल टुरिजमको विषयमा उत्तिकै उत्साहित देखिन्छन् ।

जनशक्ति व्यवस्थापनमा मन्त्री लामा सक्रिय

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय सेवा प्रदान गर्न सक्रिय बनेका छन् । बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न आफू सक्रिय भएर लागेको उनले स्वास्थ्य लाइभलाई सुनाए ।

बागमती प्रदेशको दोस्रो चौमासिक समिक्षा तथा योजना तर्जुमा बैठकमा मन्त्री लामाले यो विषयमा विशेष जोड दिएका छन् । जोस र जाँगरका साथ स्वास्थ्य सेवालाई सुधार गर्न लागिपरेका मन्त्री लामाले प्रदेश मातहत रहेका कार्यालय प्रमूखसँग समन्व तथा समिक्षा बैठकमा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #निमा र दिपेन्द्रबीच छलफल, #पर्यटन मन्त्रालय, #बागमती प्रदेश सरकार, #मेडिकल टुरिजम, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #स्वास्थ्य मन्त्रालय, #स्वास्थ्य मन्त्री निमा लामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com