जसले कोरोनाकालमा काठमाडौं महानगरमा सरकारको समानन्तर सेवा चलाए


काठमाडौं । जतिबेला विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपालमा पनि तीव्र रुपमा परेको थियो । त्यो बेला एक हिसाबले कोरोना व्यवस्थापन सरकार गम्भीर रुपले चुकेको थियो । संक्रमितको उपचारदेखि व्यवस्थापनमा सरकारले गम्भीर लापरबाही गर्‍यो ।

मान्छेले मान्छेसँग डराउनु पर्ने स्थिति थियो । त्यस्तो बेला एकजना व्यक्ति बिरामीको घर-घरमा औषधि लिएर पुग्ने गर्थे । ती व्यक्ति हुन् काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वर निवासी दिपेन्द्र श्रेष्ठ । त्यहीँ क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद दिपेन्द्र पहिलो लहरको कोरोना फैलिएको बेला आफ्नो क्षेत्रका घर-घरमा आवश्यक पर्ने औषधि लिएर जनताको सेवामा हाजिर भए ।

सरकारले घोषणा गरेको लकडाउनका कारण मान्छेहरू अलपत्र परे । हिँड्दै गरेका र अलपत्र परेका मान्छेहरुलाई उनले आफ्नै स्कुटरमा हालेर गन्तव्यसम्म पुर्‍याइदिए ।

लकडाउन खुलेपछि मेलम्ची खानेपानी व्यवस्थापन गर्न डोजर लिएर पाइपलाइन मिलाउन दिपेन्द्र आफ्नो काठमाडौंको बानेश्वर, बुद्धनगर, मिनभवनलगायतका टोल-टोलमा डोजर लिएर पुग्न थाले । त्यसैबीच नेपालसहित विश्वभरनै कोरोनाको दोस्रो महामारी सुरु भयो ।

कोरोनाको डेल्टा भेरिएन्टले ल्याएको दोस्रो लहरले नेपालको ‘हेल्थ सिस्टम’ नै अस्तव्यस्त बन्यो ।  अस्पतालहरुमा अक्सिजन अभावले बिरामी भर्ना गर्न नसक्ने अवस्था रह्यो । कोरोना संक्रमितले अक्सिजन र उपचार नपाएर ज्यान गुमाउन थाले । त्यो बेला फेरि दिपेन्द्र सक्रिय बने । उनले काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरको रत्नराज्य स्कुलमा अक्सिजनसहितको कोरोना आइसोलेसन सेन्टर खोलिदिए ।

केन्द्रीय सरकार र काठमाडौं महानगपालिकाले गर्न नसकेको अक्सिजन व्यवस्थापन र आइसोलेसन सेवा सञ्चालकको काम दिपेन्द्रको सक्रियतामा सजिलै भयो । साच्चै भन्नु पर्दा दिपेन्द्रले कोरोनाकालमा काठमाडौं महानगरमा सरकारको समानन्तर सेवा चलाए ।

देशभर अक्सिजनको हाहाकार हुँदा रत्नराज्य आइसोलेसनबाट घर-घरमा अक्सिज उपलब्ध गराएको उनी सम्झन्छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले त्यो बेला दिपेन्द्रले गरेको हरेक काममा अवरोध गरे ।  तर उनले कोरोनाकलमा काठमाडौं महानारपालिकालाई चुनौती दिँदै जनतालाई सरकारको समानान्तर सेवा उपलब्ध गराए ।

रत्नराज्यको फ्रि कोरोना आइसोलेसनमा संक्रमितको आकर्षण बढेपछि दिपेन्द्रकै सक्रियतामा बुद्धनगरको मेरो हस्पिटलमा सुशील कोइराला आइसोलेसन सेन्टर खोलेर उनले स्थानीयलाई मनोबल बढाउने काम गरे । रत्नराज्य र बुद्धनगरमा कोरोना आइसोलेसन खोलेपछि संक्रमितमा ठूलो राहत मात्र भएन कोरोना भइ हाले आइसोलेसन छँदै छ भन्ने ठूलो आड भरोसा समेत भयो ।

 

सिभिल अस्पताललाई डेढ करोडको स्वास्थ्य सामग्री

बागमती प्रदेश सांसद दिपेन्द्रले पहलमा कोरोनामा अक्सिजन अभाव भएको बेला काठमाडौंको मुटु नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालले अक्सिजनसहित डेढ करोड बढीको मेडिकल सामाग्री पायो ।

 

च्वाइस ह्युमनिटेरियनका प्रतिक शर्मासँगको सहकार्यका उनले डेढ करोड बढीको अक्सिजन, भेन्टिलेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सिभिल अस्पताललाई हस्तान्तरण गरेका हुन् । जबकी बागमती प्रदेश सरकारले जम्मा दुुई करोड रुपैयाँ मात्र सिभिल अस्पताललाई दिन सकेको थियो । जुझारू र काठमाडौंका आशा लाग्दा युवा नेता दिपेन्द्रले त्यो बेला बागमती प्रदेश सरकारलाई पनि चुनैती दिँदै डेढ करोड बढीको स्वास्थ्य सामग्री सिभिल अस्पताललाई हस्तान्तरण गर्न सफल भए ।

भूमाफियादेखि पुतलीसडकको ढल समेत सफाया

कोरोना कालमै दिपेन्द्रले भूमाफिया दिपक मल्होत्रादेखि पुतली सडकमा रहेको छरपस्ट आचीको ढल व्यवस्थापनमा समेत सक्रियता देखाए । काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित किङस कलेजसँग जोडिएको ३ रोपनी सरकारी जग्गा व्यपारी दिपक मल्होत्राले हडपेका थिए । मासिक लाखौं भाडा खाने गरी मल्होत्राले हडपेको त्यो जग्गामा काठमाडौं महानगरपालिकाले नै कम्पाउण्ड लगाइदिएको जानकारी दिएपछि दिपेन्द्रले डोजर लगाएर सार्वजनिक स्वामित्वमा ल्याए ।

ओलम्पिया स्कुललाई भाडामा लगाएर सार्वजनिक जग्गा खाने मल्होत्राको ठगी धन्दा दिपेन्द्रले पर्दाफास गरिदिए । मल्होत्राले हडपेको जग्गासँगै पूर्व उपसचिव सुरज डोटेलले पनि १ रोपनी ८ आना सरकारी जग्गा हडपेका थिए । स्थानीयले खबर गरेपछि त्यो जग्गामा पनि दिपेन्द्रले डोजर लगाएर सार्वजनिक स्वामित्वमा ल्याए ।

बुद्धनगरकै भूमाफिया जेएन तुण्डुकार लगायतले हडपेको २ रोपनी जग्गा मकै भाँचेर सार्वजनिक स्वामित्वमा ल्याउन उनी सफल भएका छन् । आफ्नै खर्चमा मुद्दा लडेर भूमाफियाबाट सरकारको स्वामित्वमा ल्याउन भूमिका खेलेका दिपेन्द्रले  बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री बनेलगत्तै पुर्जा समेत बनाउन सफल भएका छन् । त्यो ठाउँमा उनले पार्क बनाउन खोजेपनि काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अवरोध खडा गरेर दिपेन्द्रले  पार्क बनाउन हालेको २० लाख रुपैयाँ फ्रिज गराइदिएका छन् ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (आपिएस)ले हडपेको १ रोपनी बढी सार्वजनिक जग्गादेखि देवीनगरका भूमाफिया इन्द्र कुमार चाम्लिङले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउन उनी निरन्तर लागिपरेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालले हडपेको डेढ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याउने विषयमा पनि दिपेन्द्रले विशेष चासो दिएका छन् ।

प्रधानमन्त्री, सभामुख,  प्रधानन्यायाधीश जस्ता व्यक्ति ओहोर-दोहोर गर्ने पुतलीसडकको ट्वाइलेटको ढल व्यवस्थापन गर्न भूमिका खेलेका दिपेन्द्र प्रदेशको पर्यटनमन्त्री भएपनि आफ्नो क्षेत्रमा पर्ने सिंहदरबारको ढल व्यवस्थापनमा सक्रिय छन् । निरन्तर डेलिगेसन गएर पुतलीसडकको ढल व्यवस्थापन गर्न सफल दिपेन्द्र अहिले संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीलाई भेटेर सिंहदरबार न्यू प्लाजा र बबरमहलको ढल  व्यवस्थापन गर्न ताकेता गरिरहेका छन् ।

पर्यटनमन्त्री दिपेन्द्र बाटो, विजुली, ढल खानेपानी औषधिउपचार लगायत काठमाडौंका जनताको हरेक सेवामा अहिले पनि उत्तिकै सक्रिय देखिन्छन् । सार्वजनिक जग्गा संरक्षणमा काठमाडौंका तत्कालीन मेयर केशव स्थापित समेत उनले माथ खुवाइदिएका छन् । काठमाडौंमा दिपेन्द्र जति जनसरोकारका विषयमा सक्रिय हुने कांग्रेसका नेताहरु निकै कम रहेको चर्चा हुँदै आएको छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #दिपेन्द्र श्रेष्ठ, #रत्न राज्य आइसोलेसन, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com