भरतपुरको मेयरमा रेणु दाहाललाई भरतपुर अस्पतालका पूर्व अध्यक्ष सुवेदीले टक्कर दिने


काठमाडौं । सत्ता गठबन्धनबीच आगमी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भरतपुर महानगरपलिकाको मेयरमा कसले पाउने भन्ने रस्साकस्सी चलिरहेको छ । यसअघि प्रचण्डपुत्री रेणु दाहालले जितेको उक्त महानगरपालिकामा माओवादीले दाबी गरेको छ ।

हरेक हिसाबले भरतपुर महानगरपलिका माओवादी केन्द्रकै भागमा पर्ने र मेयरमा फेरि रेणु दाहालनै उठ्ने बलियो सम्भावना रहेको सत्ता गठबन्धनभित्र चर्चा छ । त्यसो भएको खण्डमा भरतपुरको मेयरमा रेणु दाहाललाई भरतपुर अस्पतालका पूर्व अध्यक्ष विजय सुवेदीले टक्कर दिने भएका छन् ।

नेकपा एमालेले सुवेदीलाई भरतपुर महानगरको मेयरमा अघि सार्ने तयारी गरेसँगै गठबन्धनबाट दाहालले टिकट पाए यी दुईबीच कडा टक्कर हुने देखिन्छ । अघिल्लो पटक दाहालसँगै हारेका देवी ज्ञवालीले सुवेदीलाई अघि बढ्न बाटो खुला गरिदिएसँगै उनी मैदानमा उत्रिने भएका हुन् ।

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत भइसकेका सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेेयरमा लड्ने तयारी गरेका हुन् ।  बाग्मती प्रदेशसभा सदस्य समेत हुन् । उनले।  चितवन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुवेदी कृष्णभक्त पोखरेललगायतको प्रस्तावमा भरतपुरको मेयरमा लड्ने निश्चित जस्तै भएको चितवन एमालेका एक नेताले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

त्यसो त कांग्रेसबाटै बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेका मिलनबाबु श्रेष्ठलाई पनि भरतपुरको मेयरमा उठाउने तयारी भइरहेको छ । कांग्रेसबाट प्रदेश सभाको समानुपातिक सांसद रहेका मन्त्री श्रेेेष्ठ संसद र मन्त्री दुबैबाट राजीनामा दिएर महानगरको मेयरमा उठाउन एउटा समूह सक्रिय रुपमा लागेको छ । यो हिसाबले हेर्दा भरतपुर महानगरमा भीआईपी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

*विजय सुवेदी भरतपुर अस्पतालको पूर्व अध्यक्ष हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कांग्रेस एमाले एमाओवादी केन्द्र, #भरतपुर महानगरपालिका, #मन्त्री सांसद, #मिलनबाबु श्रेष्ठ, #मेयर, #रेणु दाहाल, #विजय सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com