देउवाका दूत उमेशले भरतपुरमा कुरा मिलाउँलान् ?


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका दूत बनेर राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर पुगेका छन् ।

भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका असन्तुष्ट नेता फकाउन उनी चितवन गएका हुन् । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री श्रेेेष्ठ व्यवस्थापनमा अब्बल मानिन्छन् ।

स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा हुँदा उनले कोभिड-१९ को खोप व्यवस्थापनमा त्यो क्षमता प्रस्तुत गरिसकेका छन् । भरतपुर महानगरपालिकामा मेयरमा कांग्रेसका दुई दर्जन बढी आकांक्षी थिए । त्यसैले त्यो ठाउँ माओवदीलाई दिएपछि कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ । माओवादीलाई मेयर दिएको भन्दै रिसाएका भरतपुरका कांग्रेस नेता मनाउन देउवाले राज्यमन्त्री श्रेष्ठलाई उपयुक्त पात्र ठानेर मिलाउँन पठाएका चर्चा छ । उमेशले भरतपुरमा कुरा मिलाउँछन् कि नमिलाई फर्किन्छन् त्यो भने हेर्न बाँकी छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कांग्रेस सभापति शेर बहादुर देउवा, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, #भरतपुर महानगरपालिका, #माओवादी केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com