भोज-भतेरमा डब्ल्यूएचओको करोडौं खर्च तर, महानिर्देशकको भ्रमण व्यवस्थापनमा २७ लाख मागियो  


काठमाडौं । डब्ल्यूएचओले कोभिड रिभ्यू र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न रिसोर्ट र पाँचतारे होटलमा भोज-भतेर गरेर करोडौं सक्यो । तर नेपाल आएका डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससको भ्रमण व्यवस्थापनमा अर्थ मन्त्रालयसँग २७ लाख मागिएको खुलासा भएको छ ।

डब्ल्यूएचओले कोभिड-१९ रिभ्यू गर्ने नाममा स्वास्थ्यका कर्मचारीलाई चन्द्रगिरी रिसोर्टमा लगेर डब्ल्यूएचओले भतेर खुवाएको थियो । त्यस्तै टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने नाममा होटल याक एण्ड यतीमा पनि डब्ल्यूएचओका डा. राजेश पाण्डवले झन्डै करोडको भोज खुवाए । अहिले तीनदिने नेपाल भ्रमणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोसको भ्रमण व्यवस्थापनमा भने नेपाल सरकारसँग २७ लाख बजेट मागिएको हो ।

भ्रमण व्यवस्थापन र अतिथि सत्कारको नाममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग २७ लाख बजेट माग गरेको अर्थ मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

भोज-भतेरमा करोडौं स्वाहा पार्ने डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. पाण्डवले महानिर्देशकको टेड्रोसको भ्रमण व्यवस्थापनमा भने हात झिकेका छन् । उनले स्वास्थ्यका कर्मचारीलाई प्रभावित बनाएर आफ्नो स्वार्थ अनुकूल काम गर्न भोज-भतेरमा करोडौं रुपैयाँ खर्च गर्न गरेको यो घटनाले पुष्टि गर्छ ।

डब्ल्यूएचओका नेपाल प्रतिनिधि पाण्डवको भूमिकालाई लिएर आलोचना हुँदै आएको छ । भोज-भतेरमा जति पनि खर्च व्यवस्थापन गर्ने पाण्डवले महानिर्देशकको टेड्रोसको भ्रमण व्यवस्थापन खर्च भने स्वास्थ्य मन्त्रालयको थाप्लोमा हालिदिएका छन्

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #डब्ल्यूएचओ, #डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, #डा. राजेश पाण्डव, #नेपाल भ्रमण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com