डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले प्रधानमन्त्री देउवालाई भेट्दै


काठमाडौं । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाँदैछन् । ३ दिने नेपाल भ्रमणमा  हिजो नेपाल आएका टेड्रोस आज बिहानै देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जान लागेका हुन् ।

उनी होटल म्यारियट ब्रेक फास्ट गरेर ९:१५ बजे बालुवाटार प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा र महानिर्देशक टेड्रोसबीच साढे ९ बजे बालुवाटरमा भेटवार्ता तय भएको छ ।

प्रधानमन्त्रीसँग भेटेपछि उनी सीधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन् । राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी स्कुलमा राखिएको टाइफाईड भ्याक्सिनको उद्‌घाटन समारोहमा पुग्ने छन् ।

आजै २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ । महानिर्देशक टेड्रोस त्यसपछि स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा राखेर अनौपचारिक रात्रिभोजमा सहभागी भएर आराम गर्नेछन् ।

महानिर्देशक टेड्रोसले हिजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनालाई भेटिसकेका छन् । उक्त भेटमा उनले डब्ल्यूएचओको २०२३ मा हुने नयाँ नेतृत्व चयनमा दोस्रो कार्यकालका लागि आफ्नो मनोनयनलाई समर्थन मागेका थिए । नेपालले डेड्रोसको मनोनयनलाई समर्थन गरेको छ ।

त्यस्तै कोभिड-१९ विरुद्धको खोप अभियानमा नेपालले हासिल गरेको सपलतामा उनले उच्च प्रशंसा गरेका छन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ## प्रधानमन्त्री देउवा, #डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, #परराष्ट्र मन्त्री डा. नारायण खड्का, #भेटवार्ता, #राष्ट्रपति विद्यादेवी भण्डारी, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com