नेपाल फर्मा एक्स्पो उद्‌घाटन गर्न राष्ट्रपति भण्डारी चितवन जाँदै


काठमाडौं । नेपाल फर्मा एक्स्पो-२०२२ उद्‌घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै छिन् ।

नेपाल औषधि उत्पादक संघले आयोजना गरेको नेपाल फर्मा एक्स्पो-२०२२ को समुद्‌घाटन कार्यक्रम अपरान्ह १ बजे राखिएको छ ।  उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चितवन जान लागेकी हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससँग शिष्टाचार भेटपछि राष्ट्रपति भण्डारी चितवन प्रस्थानको तयारी गर्नछिन् ।

राष्ट्रपति भण्डारी र महानिर्देशक टेड्रोसबीच साढे १० बजे भेटघाट कार्यक्रम तय भएको छ । भेट सकिएपछि फर्मा एक्स्पोमा उनी जाने कार्यक्रम छ । बैशाख ९, १० र ११ गते चितवन एक्स्पो सेन्टर, भरतपुर, चितवनमा नेपाल फर्मा एक्स्पो-२०२२ को आठौं संस्करण आयोजना गरिएको छ । नेपाललाई औषधीको उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ नेपाल फर्मा एक्स्पो आयोजना गरिएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले जानकारी दिए ।

आफूलरूले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियललगायतहरुमा भएका विकास र उपलब्धिहरुको प्रदर्शनी प्रत्येक दुई वर्षमा नेपाल फर्मा एक्स्पोमार्फत गर्दै आएको संघको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##चितवन मेडिकल कलेज, #अध्यक्ष प्रज्वल जंग पाण्डे, #उद्‌घाटन, #डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, #नेपाल औषधि उत्पादक संघ, #नेपाल फर्मा एक्स्पो-२०२२, #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com