स्वास्थ्य मन्त्रालय भत्काउछु भन्ने केशव स्थापितमाथि यौन दुराचारीको आरोप


काठमाडौं । स्वास्थ्य मन्त्रालय भत्काउछु भन्ने एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितमाथि यौन दुराचारीको आरोप लागेको छ ।

पीडित रस्मिला प्रजापतिले काठमाडौंको मेयरमा एमालेले यौन दुराचारीलाई उठाएको आरोप लगाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयरका उम्मेदवार बनाएको आरोप लगाएकी छिन् । स्थापितद्वारा पीडित प्रजापतिले उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई पनि यौन दुराचारीको मतियार बनेको आरोप लगाएकी हुन् ।  खुबै महिलाको वकालत एक युवा महिला पनि पद पाउने भएपछि यौन दुराचारीको मतियार बनेको उनको आरोप छ ।

केही समयअघि पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा रस्मिता प्रजापति भन्ने महिलाले तत्कालीन मेयर स्थापितले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । स्थापितले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिदिएको उनको आरोप थियो ।

गाडी नै पठाएर स्थापितले हैरानी पार्ने गरेको प्रजापतिले आरोप लगाएकी छिन् ।

हेर्नुहोस् स्थापितमाथि उनले लगाएको आरोप 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com