मेडिकल कलेजसँग सेटिङ गर्ने रिसालले टिकट पाएपछि गोकर्णेश्वरमा भाडभैलो, बस्नेतद्वारा राजीनामा


काठमाडौं । नेपाल मेडिकल कलेजसँग सेटिङ गर्ने दिपक रिसालले कांग्रेसबाट  गोकर्णेश्वर नगरपालिकाको मेयरमा टिकट पाएपछि कांग्रेसभित्र भाडभैलो मच्चिएको छ । अनलाई टिकट दिएकोमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले राजीनामा दिएकी छिन् । पार्टीले आफूसँग सल्लाह नगरी विवादित व्यक्तिलाई टिकट दिएको भन्दै उनले राजीनामा दिएको बुझिएको छ ।

कांग्रेसबाट गोकर्णेश्वरको मेयरमा टिकट पाइसकेका युवा नेता बिमल ठकुरीको टिकट खोसेर रिसाललाई दिएपछि कांग्रेसभित्र भाडभैलो मच्चिएको हो । काठमाडौँ क्षेत्र नं ३ ख का सचिव जयराम महतले समेत आफ्नो पदबाट राजीनामा दिई वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

गोकर्णेश्वर नगरपालिकामा मेयर सन्तोष चालिसको सल्लाहकार समेत रहेका मेयरका उम्मेदवार रिसालले अवैध नेपाल मेडिकल कलेजको डेन्टल भवनलाई वैधानिकता दिने चलखेल गरेको आरोप लाग्दै आएको छ । नेपाल मेडिकल कलेजको डेन्टल भवनको नक्सा पास, निर्माण अनुमति र निर्माण सम्पन्न गर्ने क्रममा मेयर चालिसे र सल्लाहकार रिसालले चलखेल गरेको चर्चा चल्दै आएको छ ।

भवनको नक्सा पास र निर्माण अनुमति प्राविधिक समितिको सिफारिस र प्रतिवेदनका आधारमा प्रमुख प्रशासकीय अधिकृतले गर्नु पर्नेमा मेयर चालिसेले अख्तियारको दुरुपयोग  गरेका थिए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलाई बाइपास गरेर मेयर चालिसेले नेपाल मेडिकल कलेजको डेन्टल भवनको नक्सा पास गरेको राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकारीले स्वास्थ्य लाइभलाई सुनाए । यो सबै रिसालको सल्लाहमा चालिसेले गरेको आरोप छ । उनै व्यक्तिलाई मेयरमा अघि सारेपछि कांग्रेसभित्र विवाद देखिएको हो । केन्द्रीय सदस्य बस्नेतले पदबाट राजीनामा दिएपछि झन विवाद सतहमा आएको छ ।

रिसाल मेयरको सल्लाहकार हुँदा कानुनले नदिएको सुविधा लिएको भन्दै महालेखाले बेरुजु समेत निकालेको थियो । त्यो विषयलाई उनले कसरी मिलाए त्यो भने प्रस्ट रुपमा खुलेको छैन । जे होस् मेयरको टिकट प्रकरणले नेपाली कांग्रेसभित्र ठूलो द्वन्द्व सिर्जना भएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अम्बिका बस्तेत, #गोकर्णेश्वर नगरपालिका, #चालिसे, #नेपाली कांग्रेस, #मेयर, #रिजाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com