काठमाडौं महानगरको मेयरमा उठेका उम्मेदवारहरुको स्वास्थ्यमा प्रतिज्ञा के छ ?


काठमाडौं । स्थानीय तहको निर्वाचन मिति ३० गते आउन अब ९ दिन बाँकी छ । देश स्थानीय तहको निर्वाचनमय भएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि विभिन्न स्थानीय तहबाट उठेका उम्मेदवार जितेपछि यो गर्छु र त्यो गर्छु भन्दै हिँडेका छन् । देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा उठेका उम्मेदवारले स्वास्थ्य क्षेत्रमा के प्रतिज्ञा गरेका छन् त्यो विषयमा स्वास्थ्य लाइभले चर्चा गर्न खोजेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा धेरैको उम्मेदवारी परेपनि अहिले ४ जना उम्मेदवारको मात्र बढी चर्चा छ । चर्चामा रहेका उम्मेदवारमा नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंह, एमालेबाट उठेका केशव स्थापित, विवेकशील साझाबाट उठेकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन्द्र साह रहेका छन् ।

कांग्रेस नेतृ सिंह सरकारी जिम्मेवारीमा परीक्षण नभएकी र मेयरमा पहिलोपटक उठेकी व्यक्ति हुन् । एमालेका स्थापित मेयर र मन्त्रीको भूमिकामा रहिसकेका छन् ।

साझाबाट लडेकी बाँस्कोटा गत प्रदेश सभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्यमा उठेर तेस्रो स्थानमा आएकी थिइन् । उक्त चुनावमा दिपेन्द्र श्रेष्ठले जितेर अहिले बागमति प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री बनेका छन् । त्योबेला साझा र रबिन्द्र मिश्रको माहोल भएकाबेला पनि बाँस्कोटाले ४ हजार भन्दा कम मत ल्याएकी थिइन् । पूर्व गृह राज्यमन्त्री दिपक बाँस्कोटाको छोरी भएकाले उनलाई अधिकांश कांग्रेसी मत गएको थियो । तर कांग्रेस उम्मेदवार श्रेष्ठले ६ हजार २ सय ८५ मत ल्याएर विजयी भएका थिए । बाँस्कोटाले मेयरमा उम्मेदवारी दिएकी छिन् ।

स्वतन्त्र उम्मेदवार साह भने राजनीतिमा पहिलोपटक राजनीतिमा आएका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उठेका चर्चित सिंह, बाँस्कोटा र साहको आफ्नै प्रतिज्ञा-पत्र छ । तर स्थापित भने पार्टीकै घोषणापत्रको भरमा देखिन्छ । अघिल्लोपटक विद्या सुन्दर शाक्यले गरेको प्रतिज्ञा पूरा नगरेर होला उनले निजी प्रतिज्ञा- पत्र जारी गरेको देखिँदैन ।

यस्ता छन् सिंह, बाँस्कोटा र साहको स्वास्थ्यमा प्रतिज्ञा

सिर्जना सिंह, नेपाली कांग्रेस

समीक्षा बाँस्कोटा विवेकशील साझा

बालेन्द्र साह, स्वतन्त्र

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार, #केशव स्थापित, #बालेन्द्र साह, #समीक्षा बाँस्कोटा, #सिर्जना सिंह, #स्वास्थ्यमा प्रतिज्ञा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com