स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले सरुवा मागिन्


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्यमा चित्तबुझ्दो काम नभएकाे भन्दै यहाँबाट सरुवा मागेको खुल्न आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार सचिव गुरागाईं मुख्य सचिवलगायतलाई पटकपटक भेटेर सरुवा मागेकी छन् ।

स्वास्थ्य मन्त्रालयको प्रशासन तथा जनसंख्या हेर्दै आएकी सचिव गुरागाईंले स्वास्थ्यमा प्रणाली र सुशासन नभएको र आफूलाई असहयोग गरेकाे कारण देखाउँदै सरुवा मागेकी हुन् ।

चुनावका कारण रोकिएको उनको सरुवा सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोत स्वास्थ्य लाइभलाई जानकारी दियो । स्वास्थ्यमा काम गर्न नसक्ने भन्दै स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले सरुवा मागेपछि सरुवा गर्न लागिएको स्रोतको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय राष्ट्रको हित र स्वार्थमाभन्दा पनि एनजिओ/आईएनजिओको स्वार्थमा चल्ने गरेको आरोप लाग्दै आएको छ । स्वास्थ्यका उच्च कर्मचारी एनजिओ/आईएनजिओको गोटी बन्दै आएको अवस्थामा प्रशासन हेर्ने सचिव गुरागाईंले सरुवा माग्नुलाई अर्थपूण रूपमा हेरिएको छ ।

स्वास्थ्यमा प्रााविधिक सचिवकाे क्षमतामाथि प्रश्न उठिरहेकाे छ । काममा भन्दा आर्थिक लेनदेन र एनजीओ /आइएनजिओकाे पक्षमा बढि जाेडि लाग्दा प्रााविधिक सचिवले स्वास्थ्यमा कुनै नतिजा निकाल्न सकेका छैनन् । अहिले प्रााविधिक सचिव डा राेशन पाेखरेल देशमा आर्थिक संकट हुँदा डलर लगानी गर्ने एनजिओ खाेज्दै कामबिनाका कर्मचारी जेनेभा लैजाने तयारीमा छन् । स्वास्थ्यमा प्राविधिक सचिव असक्षम भएकाले उनकाे तत्कालै विकल्प खाेज्नुपर्ने देखिएकाे अधिकारीहरु बताउँछन् । स्वास्थ्यकाे नेतृत्व तत्कालीन सचिव डा. पुष्पा चाैधरीले सम्हालेभन्दा अहिले धेरै बिग्रेको छ ।

भद्रगोल, बेथिति, अनियमितता र एनजिओ/आईएनजिओको दलदलमा फसेको स्वास्थ्य मन्त्रालयलाई पार लगाउन सक्ने सक्षम सचिव पठाउन सिंहदरबारभित्र गृह कार्य सुरु भएको प्रधानमन्त्री कार्यालयमा चर्चा छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com