जम्बो टोली लिएर स्वास्थ्यमन्त्री जेनेभामा, स्वास्थ्य मन्त्रालय प्रेम आलेको जिम्मामा


काठमाडौं । देश आर्थिक संकटउन्मुख रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा जम्बो टोली लिएर जेनेभा गएका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रादेखि निजी सचिव मधुर मिजारसम्मलाई लिएर स्वास्थ्यमन्त्री खतिवडा जेनेभा गएका हुन् ।

विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ)ले जनाको मात्र कोटा तोकेकामा आधा दर्जन बढी असम्बन्धितहरूको जम्बो टोली लिएर स्वास्थ्यमन्त्री खतिवडा जेनेभा उडेका हुन् । स्विट्जरल्यान्डको जेनेभामा ७ दिन चल्ने डब्ल्यूएचओको ७५ औं साधारण सभामा भाग लिन मन्त्रालयका असम्बधित महाशाखाका डा. मदन उपाध्याय, सुरज थापालगायतलाई उनी त्यता गएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने उक्त जम्बो टोलीमा समावेश भएर जेनेभा जान अस्वीकार गरेका छन् ।

मन्त्री खतिवडा जम्बो टोली लिएर एक हप्ता जेनेभामै अल्मलिने भएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई तोकिएको छ ।मणिपाल मेडिकल कलेजमा बदमासी गर्ने बतास समूहलाई ठेगान लगाएर चर्चित बनेका मन्त्री आलेलाई एक हप्ताका लागि स्वास्थ्य मन्त्रालय जिम्मा लगाइएका हो ।

सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेको समयमा स्वास्थ्यमन्त्री खतिवडा मन्त्रालयका जिम्मेवार व्यक्तिलाई लिएर जेनेभामा मस्ती मार्न गएका छन् । सबै मन्त्रालयका मन्त्री र कर्मचारी बजेटमा व्यस्त भइरहेको अवस्थामा स्वास्थ्यमन्त्री खतिवडा भने स्वास्थ्य मन्त्रालय प्रेम आलेलाई जिम्मा लगाएर मन्त्रालयका मुख्य जिम्मेवार अधिकारीलाई साथमा लिएर जेनेभा उडेका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ## प्रेम आले, ##डा संगिता मिश्र, ##विश्व स्वास्थ्य संगठन, ##स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह, #जेनेभा, #सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com