चिकित्सक संघका अध्यक्ष डा कार्कीले जेनेभा जान अस्विकार गरे


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले जेनेभा भ्रमणरद्ध गरेका छन् । जेनेभा भ्रमणबारे विवाद भएपछि डा कार्कीले अन्तिम समयमा नजाने निर्णय गरेका हुन् ।

डा कार्की सहित ११ जनाको जम्बोटोली जेनेभा जादै थिए । ३१ बैशाखमा स्वास्थ्य लाइभले ‘देशमा आर्थिक संकटः स्वास्थ्यको जम्बोटोली दाता खोजेर घुम्न जेनेभा जाँदै’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७५ औं साधारण सभामा आगामी २२ देखि २८ (७ दिन) सम्म जेनेभामा हुदैछ । बंगलादेश सरकारले देशमा आर्थिक संकट आएपछि सबै सरकारी अधिकारीहरुलाई बिदेश भ्रमणमा रोक लगाएको छ ।

बिदेश भ्रमण स्वीकृत भएका अधिकारीहरुको पनि रद्ध गरेका समाचारहरु आइरहेका छन् । तर, नेपालको स्वास्थ्य मन्त्रालयले निम्ता बिनाका कर्मचारी जेनेभा लिएर गएको छ ।

डा कार्कीको समेत नाम मुछिएर जेनेभा भ्रमणका बिषयमा समाचार सार्वजनिक भएपछि उनले नजाने निर्णय लिएका हुन् । देशको आर्थिक अवस्था हेरेर मैले नजाने निर्णय लिएको हुँ डा कार्कीले स्वास्थ्य लाइभसँग भने । अन्य १० जना मध्ये ३ जनाको मात्रै डब्लुएचओले खाने, सुत्नेको ब्यवस्था गरेको छ । तर, अन्य ७ जनाको भने बिभिन्न एनजीओ, आइएनजीओहरुले लगानी गरेको बुझिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com