कोरोनाकालमा कौडीको भाउमा भाडामा दिएको त्रिभुवन पार्कको जग्गामाथि पर्यटनमन्त्री श्रेष्ठको चासो


काठमाडौं । कोरोनाकालमा कौडीको भाउमा भाडामा दिएको त्रिभुवन पार्कको जग्गामाथि पर्यटनमन्त्री श्रेष्ठको चासो दिएका छन् । स्वास्थ्य लाइभले त्रिभुवन पार्कको जग्गा फन पार्क बनाउन कौडीको भाउमा भाडामा लगाएको समाचार प्रकाशित गरेपछि उक्त विषयमा पर्यटनमन्त्री श्रेष्ठले चासो देखाएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले त्रिभुवन पार्कको जग्गा निजी कम्पनीलाई भाडामा दिएको विषयमा छानबिन गरिने स्पष्ट पारे । स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले यो विषयमा चाँडै निर्णय गरिने उनको भनाइ छ ।

स्वास्थ्य लाइभले कोरोनाकालका त्रिभुवन पार्कको जग्गा कौडीको भाउमा भाडामा लगाएको विषय सार्वजनिक गरेकै भोलिपल्ट मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख बिष्णु भण्डारीसँग पार्कको जग्गा निजी कम्पनीले भाडामा लगाएको विषयमा छलफल गरेका छन् ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले अनधिकृत रुपमा निजी कम्पनी श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई कौडीको भाउमा भाडामा लगाएको हो । प्रति रोपनी मासिक ९ हजार १५० पाउने गरी उक्त एनजिओले त्रिभुवन पार्कको ५० रोपनी सरकारी जग्गा २० वर्ष उक्त निजी कम्पनीलाई भाडामा दिएको हो ।

अवैध प्रक्रियाबाट उक्त जग्गा भाडामा दिएको सुन्नमा आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा गम्भीर छलफल भएको जानकारी दिए । त्रिभुवन पार्कको स्वामित्वमा ल्याउने प्रक्रियाकोबारेमा समेत आवश्यक जानकारी लिएको उनको भनाइ छ । अनधिकृत रूपमा एनजिओमार्फत कौडीको भाउमा बितरण गरिएको जग्गाको सम्झौता रद्द गर्नको लागि सम्बन्धित निकायमा पुगी भ्रष्ट आचरण भएका व्यक्ति वा संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाई दण्डित गराइने व्यहोरा पनि अवगत गराउछु’, मन्त्री स्वास्थ्य लाइभसँग श्रेष्ठले भने ।

त्रिभुवन पार्कको जग्गा भाडामा लगाउने विषयमा तत्काल आवश्यक कदम चालिने मन्त्री श्रेष्ठको शंकेत छ ।

क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com