डब्ल्यूएचओको महानिर्देशकमा डा. टेड्रोस दोहोरिए


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा. टेड्रोस एड्हानोम गेब्रेयसस दोहोरिएका छन् । कोभिड-१९ को समयमा प्रभावकारी भूमिका खेलेका डा. टेड्रोसलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले पुनः ५ वर्ष काम गर्ने अवसर दिएका हुन् ।

स्विजरल्याण्डको जेनेभामा सम्पन्न ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट डा. टेड्रोस ५ वर्षका लागि पुनः डब्ल्यूएचओको महानिर्देशकमा चयन भएका हुन् । उनको पक्षमा नेपालले पनि भोट हालेको छ ।

२०१७ मा डब्ल्यूएचओको महानिर्देशकमा हिलो कार्यकालका लागि निर्वाचित डा. टेड्रोस पुन: निवार्चित हुनुलाई उनले खेलेको भूमिकालाई लिइन्छ । कोभिडको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टार्गेटमा परेका महानिर्देशक डा. टेड्रोस अविचलित भएर कोरोना भाइरस नियन्त्रमणा सक्रिय भए । त्यसैको परिणामस्वरूप उनी दोस्रो कार्यकालका लागि पनि महानिर्देशकमा निर्वाचित हुन सफल भएका छन् ।

गत बैशाख ८ गते डा. टेड्रोस डब्ल्यूएचओको महानिर्देशकमा कार्यकालका लागि भोट माग्न नेपाल आएका थिए । उनको  तीनदिने नेपाल भ्रमणको मुख्य उद्देश्यनै डब्ल्यूएचओको महानिर्देशकमा दोस्रो कार्यकालका लागि नेपालको समर्थन जुटाउनु थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटवार्तामा महानिर्देशक टेड्रोसले दोस्रो कार्यकालका लागि समर्थन मागेका थिए । विश्व स्वास्थ्य संगठनमा महानिर्देशक टेड्रोसले दिएको सशक्त, व्यवहारिक र दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै नेपालले दोस्रो कार्यकाका लागि उनको मनोनयनलाई समर्थन गर्ने लिखित प्रतिवद्धता समेत जनायो । उनी अन्य देशमा पनि भोट माग्दै हिँडेका थिए । अन्तत: डा. टेड्रोस दोस्रो कार्यकालका लागि डब्ल्यूएचओको महानिर्देशकमा निर्वाचित भएरै छाडे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com