मानसिक अस्पताललाई सुविधासम्पन्न बनाउन भीम उपाध्यायको चिरिबाबुलाई सुझाव


काठमाडौं । सामाजिक अभियन्ता एवं पूर्व प्रशासक भीम उपाध्यायले मानसिक अस्पताललाई सुविधासम्पन्न बनाउन  नवनिर्वाचित मेयर चिरिबाबु महर्जनलाई सुझाव दिएका छन् ।

ललितपुर लगनखेलस्थित मानसिक अस्पतालमा स्रोतको कमी भएको भन्दै उनले ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर महर्जनलाई सुविधासम्पन्न बनाउन सुझाव दिएका हुन् ।

‘यो मुलुकको एकमात्र मानसिक अस्पताल हो, देशमा वर्षेनी मानसिक बिरामीको डरलाग्दो गतिमा निरन्तर संख्या बढिरहेको छ ‘, यसका लागि संघ, प्रदेश र स्थानीय सरकारहरू गम्भीर भएर मानसिक बिरामीका लागि सेवा केन्द्र र अस्पताल स्थापना गर्न एकदम जरूरी भइसकेको छ’, पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

ललितपुरका नवनिर्वाचित मेयर चिरिबाबु महर्जन अगुवाई गर्दै लगनखेल मानसिक अस्पताललाई सशक्तिकरणका लागि सुविधासम्पन्न बनाउन अस्पताल र सरकारसँग सहकार्य गरेर सपोर्ट गर्नुपर्ने उनको धारणा छ ।  आफ्ना नगर वा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूलाई सपोर्ट गरेर जनतालाई सेवा दिनु स्थानीय सरकारको प्राथमिक काम भएको पूर्व सचिव उपाध्यायको भनाइ छ ।

पाटन मानसिक अस्पतालको भद्रगोल अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले नवनिर्वाचित मेयर महर्जनसँग यसलाई सुविधासम्पन्न सशक्तिकरणका लागि अग्रसरता देखाउन  आग्रह गरेका छन् । मानसिक अस्पताल आफैं बिरामी भएकोप्रति पूर्व सचिव उपाध्यायले चिन्ता प्रकट गरेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पाटन मानसिक अस्पताल, #भीम उपाध्याय, #मेयर चिरिबाबु महर्जन, #ललितपुर महानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com