बिरामी नहेरी रेफर गरेको आरोपमा इनरुवा अस्पतालका डाक्टरमाथि कारबाही माग


सुनसरी ।  बिरामी नहेरी रेफर गरेको आरोपमा इनरुवा अस्पतालका डाक्टर अमित मेहतामाथि सेवाग्राहीले कारबाही माग गरेका छन् ।

डाक्टर मेहताले बिरामी नहेर्ने र सेवाग्राहीमाथि अभद्र व्यवहार गरेको गुनासो गर्दै बिरामीमा आफन्तले अस्पतालका मेसु देवराज घिमिरेसमक्ष उजुरी गरेका छन् । उजुरी परेलगत्तै मेसु घिमिरेले डा. मेहतालाई बोलाएर सचेत समेत गराएको देखिन्छ ।

इनरुवा जिल्ला अस्पतालमा आउने बिरामी डाक्टरले हेर्नुपर्छ भन्दै डा. मेसु घिमिरेले डाक्टरले बिरामी नहेर्ने भनेर प्रश्न गरेका छन् ।  डाक्टर मेहताले आफू बिरामी नहेरेर निजी अस्पतालमा पठाउने गरेको र हेर्नै पर्ने बिरामीपनि एचए, अहेबलाई हेर्न लगाउने गरेको आरोप लागेको छ । आइन्दा यस्तो पाइए कारबाही गर्ने मेसु घिमिरेको चेतावनी छ ।

डाक्टरको व्यवहारपछि आजित भएका बिरामीका आफन्तले ३ दिनभित्र डा. मेहतामाथि कारबाही गर्न माग राखेका छन् । उनीमाथि कारबाही नभए अस्पतालविरुद्ध आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #इनरुवा जिल्ला अस्पताल, #डा. अमित मेहता, #मेसु देवराज घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com