इनरुवा अस्पताल: सेवाग्राहीले डाक्टरमाथि कारबाही मागे, डाक्टरले मेसुको राजीनमा मागे


काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवास्थित जिल्ला अस्पातालमा कार्यरत डाक्टरले निमित्त मेसु डा देवराज घिमिरेको राजीनामा मागेका छन् । इनरुवा अस्पतालका निमित्त मेसु डा. घिमिरेले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरुले राजीनामा माग गरेका हुन् ।

जिल्ला अस्पतालमा कार्यरत डा. अमित मेहताले बिरामी नहेरी रेफर गरेको आरोप लगाउँदै बिरामीका आफन्तहरुले कारबाही गर्न माग गरेका थिए । डा. मेहतालाई कारबाही नगरे निमित्त मेसु डा. घिमिरेविरुद्ध आन्दोलन गर्ने सेवाग्राहीले चेतावनी दिएका थिए । निमित्त मेसु घिमिरेले डा. मेहतालाई बोलाएर यस्तो काम नगर्न र विरामीको उपचारमा गम्भीर बन्न निर्देशन दिएका थिए । त्यहीँ विषयलाई लिएर अभद्र व्यवहार गरेको भन्दै इनरुवा अस्पतालका डाक्टरहरुले निमित्त मेसु घिमिरेको राजीनामा मागेका हुन् ।

सेवाग्राहीले डा. मेहतामाथि बिरामी नहेरी रेफर गर्ने आरोप लगाएका छन् भने अस्पतालका डाक्टरहरुले डा.घिमिरेमाथि अस्पतालमा कार्यरत डा.अमित मेहतामाथि अभद्र व्यवहार  गरेको आरोप लगाएका छन् ।

डाक्टरहरुले अस्पतालभित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथि हस्तक्षेप कार्य बन्द गर्नपर्ने माग राखेका छन् । निमित्त मेसुले राजीनामा नदिए इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने उनीहरुको चेतावनी छ ।

सेवाग्राहीले डा. मेहतालाई बिरामी नहेरेको आरोप लगाएपछि घिमिरेले बोलाएर उनीलाई अभद्र व्यवहार गरेको इनरुवा अस्पतालका डाक्टरहरुको दाबी छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com