हिंसा पीडितका लागि साहरा बन्दै ट्रमा सेन्टर


काठमाडौं ।  अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) हिंसापीडित व्यक्तिका लागि साहरा बनेको छ । केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत नर्स सुमन चौधरी बताउँछिन् ।

राष्ट्रिय ट्रमा सेन्टरले केन्द्र संचालनमा ल्याएको एक महिना पुगेको छ । तर, यसबीचमा धेरै हिंसा पीडित पुरुष तथा महिलाहरुले सेवा पाएका छन् । अस्पतालका निर्देशक डा. प्रमोद जोशीले लैङ्गिक हिंसामा परेकाहरुको सेवाका लागि यो केन्द्रको स्थापना गरिएको बताए । ‘हातखुट्टा टुटे फुटेका बिरामीहरु उपचारका लागि अस्पताल आउँछन् निर्देशक जोशीले भने, ‘उनिहरुको यो अवस्था लडेर मात्रै भएको हो, वा श्रीमान, श्रीमतीले पिटेर भएको हो अध्ययन गरिने छ ।’

निर्देशक डा. प्रमोद जोशी

लैङ्गिक हिंसासम्बन्धी अध्ययनका लागि गोप्य रुम बनाइएको छ । बोल्न चाहने पिडितहरुका लागि क्यामेरा पनि तयार पारिएको छ । मानवअधिकार आयोग, प्रहरी, कानुनविद्, प्रमुख जिल्ला अधिकारी र फरेन्सिक विज्ञसहितको टिम यसका लागि तयारी राखिएको छ । एक सातामा चार वटा घटना अस्पतालमा आएका छन् । निर्देशक भन्छन् यो घटना अस्पताल, स्वास्थ्यकर्मी र पीडितबाट गोप्य रहन्छ । तर, पटक पटक यातना भएको खण्डमा आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने छ ।

अस्पतालले यस्ता हिंसामा परेका महिला पुरुषका लागि निःशुल्क सेवा दिन सम्बन्धीत निकायमा पहल थालेको छ । आवश्यक बजेट उपलब्ध नहुदा सम्म सहुलीयतमा सेवा दिइने छ । घरेलु हिंसा, शारीरिक चोटपटक तथा मानसिक यातना र यौनजन्य हिंसाबाट पीडित महिला बढी मात्रामा केन्द्रमा उपचारका लागि आउने छन् । तर, यौनजन्य हिंसाबाट पीडित महिला बढी थापाथली अस्पताल जाने गरेका छन् । ट्रमा सेन्टरमा भने धेरै जसो रेफर भएर आएकाहरु छन् ।

प्रमुख नर्स चौधरीका अनुसार सेवा सुरु भए यता १७ जना पिडित उपचारका लागि अस्पताल आएका छन् । धेरै जसो काउन्सिलिङले मात्रै पनि निको भएको चौधरी सुनाउछिन् । उनका अनुसार महिला र पुरुष दुवै हिंसामा परेका घटनाहरु अस्पतालमा आउने गरेका छन् ।

नर्स सुमन चौधरी

‘विगतमा प्रचारप्रसारको कमी थियो, सेवाबारे विश्वास कम थियो, परिवार र समाजको दबाबले पीडित सेवा केन्द्रसम्म आउन सक्ने अवस्था थिएन, पीडितले सत्य बाहिर ल्याउन हिच्किचाउने गर्थे, अहिले चेतना बढेपछि उहाँहरु आउन थाल्नुभएको छ’, केन्द्र प्रमुख चौधरीले भनिन् ।

ओटी फार्मेसी पनि सुरु गरिएको उनले बताए । शल्यक्रियाको समयमा आवश्यक पर्ने औषधि लिन अस्पताल बाहिर जानु पर्ने लामो सयम पालो कुरेर बस्दा बिरामीको शल्यक्रियामा समस्या आउने भएकाले छिटो र छरितो सेवाका लागि अस्पतालले शल्यक्रिया कक्षमै फार्मेसी सेवा सुरु गरेको छ ।

त्यस्तै पूर्णरुपमा इएचएस सेवा संचालनमा नभएकाले त्यसलाई ब्यवहारीक बनाएर सुरु गरिएको छ । नेपाल सरकारको निर्देशिका अनुसार नभएकाले कर्मचारीहरुले नोट अफ डिसेन्ट लेखेका थिए । शल्यक्रिया गर्ने चिकित्सकहरुका लागि मात्रै समेटिएको इएचएस सेवा अब सबै कर्मचारीको हकमा लागु भएको निर्देशक डा. जोशीले बताए । सेवा शुल्क निर्धारण पनि वर्षौंपछि गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नर्स सुमन चौधरी, #निर्देशक डा. प्रमोद जोशी, #राष्ट्रिय ट्रमा सेन्टर, #हिंसा पीडितको साहरा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com