काठमाडौंमा उपचाररत थप दुई जनामा हैजा पुष्टि


७ असार, काठमाडौं । काठमाडौंमा हैजाका दुई बिरामी फेरी पनि पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकुमा० उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार एक जना सानेपा र अर्को सिन्धुपाल्चोकमा बस्ने मानिस हुन । सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

काठमाडौंमा हैजा फैलिसकेको संकेत गरेको छ । एक जनामा देखिनु भनेको पनि ठूलो मानिन्छ । विस्तारै फैलँदैछ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुनले बताउछ ।

यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा लाई हैजा पुष्टि भएको थियो ।

नेपालमा हैजा महामारीको रुपमा मानिन्छ । भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #हैजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com