५० वर्षमा पतन भयो गर्भपतनको अधिकार


काठमाडौं । गर्भपतनको अधिकारलाई सुनिश्चित गरेको Roe V. Wade को मुद्दाको फैसला भएको ४९ बर्ष पुगेको दिन 22January 2022 मा ” हेर्दै जाउँ आजको दिनसम्म गरि ४९ वर्षसम्म जीवित रहन सकेको Roe v. Wade मा प्रतिपादित सिद्धान्तको आयु कतिसम्म रहला” भन्ने धारणा लेखेको थिएँ । आज छ महिना पनि कुर्न नपाउदै ( पाँच महिना दुई दिन) Roe V. Wade को सिद्धान्त जिवित रहन नसकेको २१३ पृष्ठको फैसला सार्वजनिक भयो । Roe v. Wade को मुद्दामा ५० बर्ष अगाडी ७/२ जना न्यायाधीशहरुको बहुमत/अल्पमतबाट भएको फैसलामा प्रतिपादित सिद्धान्तलाई अहिले Dobbs v. jackson भएको मुद्दामा सन 24 June 2022 मा ६/३ जना न्यायाधीशको बहुमत/अल्पमत भइ गरिएको फैसलाबाट अस्वीकार गरेको छ ।

अमेरिकी सर्वोच्च अदालतबाट भएको यो निर्णयले Pro- life movement को वकालत गर्नेहरुलाई खुशी मिलेको छ भने Pro- choice को वकालत गर्नेहरुका लागि ठुलो धक्का पुग्न गएको छ ।  थाहा छैन अब यो निर्णयको कारण महिला अधिकारकर्मीहरुको आन्दोलन कति भयावह हुने हो ।

 

क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com