आजदेखि ललितपुर महानगरमा पानीपुरी-चटपटे बेच्न नपाइने हो ?

स्वास्थ्यका मापदण्ड पालना गरेर पानीपुरी- चटपटे बेच्नुपर्ने


काठमाडौं । आजदेखि ललितपुर महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न नपाइने भनेर नगर प्रहरीले माइकिङमार्फत जनायो त्यसैलाई आधार मानेर धेरै मिडियाले ललितपुर महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न नपाइने भन्ने समाचार प्रकाशित गरे ।

ललितपुर महानगरपालिकाले भने महानगरपलिकाभित्र पानीपुरी-चटपटे बेच्न पूर्ण रुपमा प्रतिबन्ध नलगाइको स्पष्ट पारेको छ । महानगरले हैजाको जोखिम देखिएकाले पानीपुरी र चटपटे बिक्रीमा कडाई मात्र गरेको बताएको छ ।

पानीपुरी र चटपटे खाँदा हैजा, झाडापखाला फैलिने भएका शुद्ध र सफा पानी प्रयोग गरेर बेच्न मात्र भनिएको ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए  । महानगरपालिकामा हैजा फैलिन सक्ने भएकाले स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र पानीपुरी-चटपटे बेच्न आग्रह गरिएको उनको भनाइ छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार पानीपुरी-चटपटे बेच्न महानगरले कडाई गरेको भएपनि पूर्ण रुपमा प्रतिबन्ध लगाएको हैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com